प्रकाशित मिति : आइतवार, पुस १७, २०७३
भीमदत्तनगर । सर्वोच्च अदालतका प्रधान न्यायाधीश सुशीला कार्कीले महिलासम्बन्धी मुद्दाहरूमा छिटो न्याय दिलाउन मातहतका न्यायधीशहरूलाई निर्देशन दिएकी छन् ।
आज कञ्चनपुरको भीमदत्तनगरमा आयोेजित ‘न्यायमा महिलाको पहुँच र सरोकारवाला निकायबिचको समन्वय’ विषयक छलफल कार्यक्रममा सहभागी सुदूरपश्चिमका उच्च अदालत र जिल्लामा कार्यरत न्यायाधीशका बिचमा बोल्दै उनले महिलासम्बन्धी मुद्दामा संवेदनशील भएर छिटो टुङग्याइदिन निर्देशन दिएकी हुन् ।
न्यायमा महिलाको पहुँच बढाउनुका साथै महिलाहरूलाई न्यायको अनुभूति दिनका लागि चाँडो मुद्दाको टुङ्गो लगाउनुपर्नेमा जोड दिँदै उनले भनीन्, “सबै निकायहरूमा आ–आफ्नो कानुन पालना गरी महिलाहरूका विषयमा काम गरे समस्या नै आउँदैन, समस्या आफै समाधान भइहाल्छ ।”
कार्यक्रममा सर्वोच्च अदालतका रजिष्ट्रार श्रीकान्त पौडेल, सर्वोच्च अदालतका न्यायधीश सपना प्रधान मल्ल, न्यायाधीश ईश्वरप्रसाद खतिवडा, न्याय परिषद्का सदस्य पदमप्रसाद वैदिक, उच्च अदालत दिपायलका मुख्य न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र सुदूरपश्चिमका नौवटै जिल्लाका जिल्ला न्यायाधीश सहभागी रहेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij