आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

घान्द्रुक–घोडेपानीमा ४७ हजार पर्यटक

  • प्रकाशित मिति : बुधबार, पुस २७, २०७३



  • ljZj ko{6g lbj;kf]v/f ljdfg:yndf #& cf}F ljZj ko{6g lbj;sf cj;/df ko{6ssf] :jfutdf cfof]lht ;f+:s[lts sfo{qmddf /dfpFb} ko{6s . tl:a/ M jf;'b]j kf}8]n, /f;;

    म्याग्दी । विश्व प्रसिद्ध अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्यस्थल घोडेपानी–घान्द्रुक क्षेत्रमा एक वर्षको अवधिमा ४७ हजार बाह्य पर्यटकले पदयात्रा गरेका छन् ।
    सन् २०१६ मा घार गाविस–१ मा पर्ने घोडेपानी र कास्कीको घान्द्रुक क्षेत्रको भ्रमणमा आउने पर्यटकको सङ्ख्या ३१ प्रतिशतले बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० कार्यालयका प्रशासन सहायक आनन्द सुवेदीले जानकारी दिए । सन् २०१६ को जनवरीदेखि डिसेम्बर महिनासम्म घोडेपानी, घान्द्रुक, अन्नपूर्ण बेसक्याम्प र खोप्रा क्षेत्रमा ४७ हजार २४७ बाह्य पर्यटकले भ्रमण गरेका थिए ।

    सन् २०१५ मा करिब ३६ हजार तथा सन् २०१४ मा करिब ४२ हजार बाह्य पर्यटक यस क्षेत्रको भ्रमणमा आएका थिए । सन् २०१६ को सुरुका महिनामा नाकाबन्दीका कारण पर्यटक आगमनमा कमी आएपनि त्यसपछिको समयमा सो सङ्ख्यामा वृद्धि भएको एक्याप घान्द्रुकका प्रमुख बिदुर कुइँकेलले बताए । पर्यटकीय नगरी पोखरा नजिक पर्ने भएकाले घोडेपानी घान्द्रुक पदमार्ग छोटो समयको पदयात्राका लागि पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

    अन्नपूर्ण आधार शिविर र घोडेपानी अधिकांश पर्यटकको रोजाइमा पर्छ । मगर, गुरुङ बस्ती, उनीहरुको कला, संस्कृति जीवनशैली, हिमशृङ्खला, सूर्योदय, लालीगुराँसको जङ्गल, एकान्त वातावरण सो पदमार्गका मुख्य विशेषता हुन् । म्याग्दी, मुस्ताङ, कास्की, लमजुङ र मनाङलाई समेटिएको अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न सार्क राष्ट्रका नागरिकले प्रतिव्यक्ति रु २०० तथा अन्य मुलुककाले प्रतिव्यक्ति रु दुई हजारका दरले प्रवेश शुल्क तिर्नुपर्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij