आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

संविधान संशोधनका लागि दबाब दिन संघीय गठबन्धनले नाचघरमा अन्तर्क्रिया गर्ने

  • प्रकाशित मिति : बिहिबार, पुस २८, २०७३



  • काठमाडौं  । मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले परिमार्जन सहित संशोधन विधेयक पारित गर्न सबै राजनीतिक दलहरुलाई आह्वान गरेको छ ।

    संशोधन विधेयक पारित गराउन आवश्यक पर्ने दुई तिहाई मत पुर्याएर विधेयक पारित गर्ने दिशामा अघि बढ्न गठबन्धनले सरकारलाई पनि आग्रह गरेको छ ।

    संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी कार्यालय तीनकुनेमा बुधबार बसेको गठबन्धन बैठकले गतिरोध अन्त्य र उत्पीडित समुदायको हक अधिकार समेटेर संविधानलाई सर्वस्वीकार्य बनाउन परिमार्जन सहित संशोधन विधेयक पारित गर्नुको विकल्प नरहेको दोहर्याएको छ ।

    सर्वोच्च अदालतले संशोधन रोक्न नहुने आदेश दिइसकेको अवस्थामा नेकपा एमालेले संसद् अवरोध र संशोधनको विरोध गर्नु अलोकतान्त्रिक कार्य भएको टिप्पणी गरेको छ ।

    माघ एक गते नाचघरमा गठबन्धनको बृहत् अन्तरक्रिया
    संविधान संशोधनको माग गर्दै आन्दोलनरत संघीय गठबन्धनले आगामी माघ १ गते काठमाडौंका बृहत् अन्तरक्रिया गर्ने निर्णय गरेको छ । ‘वर्तमान राजनीतिक परिस्थिति र संविधान संशोधन÷परिमार्जन’ बिषयक गठबन्धनले अन्तरक्रिया गर्दैछ ।

    संशोधनका लागि सरकारलाई दबाब दिन गठबन्धनले राष्ट्रिय स्तरको अन्तरक्रिया गर्ने निर्णय गरेको हो । गठबन्धनको आह्वानमा हुने सो अन्तरक्रियालाई घटक दल नेपाः राष्ट्रिय पार्टीले व्यवस्थापन गर्ने जिम्मा पाएको छ ।

    संविधान संशोधनमा सरकारी ढिलाई र एमालेको अवरोधले गर्दा संशोधनदेखि संविधान कार्यान्वयनसम्मका सबै प्रक्रिया अवरुद्ध भइसकेकोले भावी आन्दोलनका लागि जनमत निर्माण गर्न अन्तरक्रिया गर्न लागिएको गठबन्धनका संयोजक उपेन्द्र यादवले बताए ।

    संविधान संशोधनको विरोधका नाममा एमाले नेताहरुले नश्लीय अभिव्यक्ति र गतिविधि गरेर मुलुकलाई विभाजनतर्फ धकेल्न खोजेको गठबन्धनको आरोप छ ।

    नेकपा एमाले जस्ता केही प्रतिगमनकारी दलहरुले संघीयता, गणतन्त्र, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र जस्ता महत्वपूर्ण उपलब्धिहरुलाई धरापमा पारी मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने कार्यमा उद्दत रहेकोले त्यसतर्फ सचेत रहन गठबन्धनले सबैलाई आग्रह गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij