आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अवतरणका क्रममा जहाजको टायर पन्चर, दुर्घटनाबाट बच्यो

  • प्रकाशित मिति : बिहिबार, पुस २८, २०७३



  • मुगु । नेपालगञ्ज विमानस्थलदेखि मुगुका लागि उडेका गोमा एयरको ट्विनअटर विमान मुगुको रारा ताल्चा विमानस्थलमा अवतरण गर्ने क्रममा बुधवार विहान टायर पन्चर भएको छ ।  नेपालगञ्जबाट विहान सवा दश बजे १५ यात्रु बोकेर आएको नाइन एनएके जेट कल साइन नम्बरको गोमा एयरको ट्विनअटर जहाज रारा विमान स्थलमा विहान ११ बजे अवतरण गर्ने क्रममा पछाडिको दायाँ टायर पन्चर भएको विमानस्थल प्रहरीलाई उधृत गर्दै जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    यता गोमा एयरका प्रवन्ध निर्देशक मनोज कार्कीले जहाजको टायर पन्चर नभएको बताएका छन्। ‘नेपालगन्जबाट रारा विमानस्थलमा अवतरण गरिसकेपछि अर्को उडानका लागि क्याप्टेनले जहाज निरीक्षण गर्दा टायर खिइएको देखे र जोखिम लिन चाहेनन् ‘, उनले भने ‘त्यस पछि अर्को टायर मगाएर जडान गरेर जहाज उडाएको हो ।’

    टायर पञ्चर भए पनि जहाजमा अन्य कुनै समस्या नभएकाले जहाज ठूलो दुर्घटना हुनबाट जोगिएको छ । नेपालगञ्जबाट पुन तारा एयरको ट्विनअटरले गोमा एयरका प्राविधिक र टायर रारा विमान स्थलमा ल्याए पछि जहाज दिउसो सवा दुई बजे मात्र नेपालगञ्ज फर्किएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij