प्रकाशित मिति : बिहिबार, पुस २८, २०७३
अर्घाखाँची । अर्घाखाँचीमा आयोजित महोत्सवको उदघाटन सत्रमा नेकपा माओवादी केन्द्रका नेताहरुको अभिव्यक्तिका कारण स्थानीयको घेराबन्दीमा परेका छन् ।
कार्यक्रममा माओवादी नेता डिलारामा आचार्यले “देश टुक्रिनु भएन, ५ नम्बर टुक्रेमा केही हुदैन” भनेर अभिव्यक्ति दिएपछि युवाहरुले ढुगांमुढा गरेका हुन ।
उनीमाथि स्थानीयले ढुंगामुढा गर्दैगर्दा उर्जामन्त्री मञ्चमै थिए । एकपछि अर्को गर्दै स्थानीइले ढुंगा हान्न थालेपछि त्यहीँ रहेका कार्यकर्ता तथा सुरक्षाकर्मीले जोगाएका थिए ।
सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागि उर्जामन्त्री शर्माले समेत “पाँच नम्बर प्रदेश टुक्र्याएपछि अर्घाखाँचीबासीहरु सुरुङ मार्गबाट प्रदेश राजधानी पोखरा जाने” अभिव्यक्ति दिएपछि थप स्थानीय थप आक्रोशित भएको बताइएको छ ।
सन्धिखर्कमा आजबाट सुरु अर्घाखाँची महोत्सव उद्घाटनका शिलशिलामा शर्मा त्यहाँ पुगेका थिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij