प्रकाशित मिति : सोमवार, माघ ३, २०७३
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको छोरी निशाकुशुमको विवाहमा सहभागि हुन पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहसँग राप्रपाका राष्ट्रिय अध्यक्ष पशुपति शमशेर राणाले चीन भ्रमणबारे जिज्ञासा गरेका छन् । 
गत शुक्रबार मात्रै थाइल्याण्डबाट फर्किएका ज्ञानेन्द्र सो अघि चीन भ्रमणमा गएका थिए । पूर्वराजाले चीन भ्रमणबारे पशुपतिलाई कुनै जवाफ नदिई बरु प्रसंग मोडेर व्यक्ति भन्दा राष्ट्र ठूलो भएको बताचउँदै अहिलेको राजनीतिक अवस्थाले आफूलाई चिन्तित बनाएको बताएको स्रोतको भनाई छ ।
सो क्रममा राप्रपा अध्यक्ष कमल थापाले भने ज्ञानेन्द्रसँग सामान्य भलाकुसारी गरेका थिए ।
सो विवाहमा पत्नी कोमल बिनै पूर्वराजा पूगेका थिए । पूर्वराजाले शीतल निवासमा राष्ट्रकवि माधव घिमिरेसँग समेत भलाकुसारी गरेका थिए तर अहिलेका मुलधारमा रहेका नेताहरुसँग भने खासै भेटघाट नभएको स्रोतको दाबी छ ।
शीतल निवासमा करीब २० मिनेट रहेर उनी बाहिरिएका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij