आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अब मोबाइल नपड्कने : ब्याट्रीमा नै आगो निभाउने प्रविधिको विकास

  • प्रकाशित मिति : मङ्लबार, माघ ४, २०७३



  • क्यालिफोर्निया  । अध्ययनकर्ताहरुले आगो निभाउने प्रविधि भएको मोबाइलमा प्रयोग हुने लिथयम आयन ब्याट्रीको विकास गरेको छ । मोबाइलको ब्याट्री तातिए उक्त प्रविधिको आफै निस्किएर आगो रोक्ने बताइएको छ ।
    अग्नि नियन्त्रक त्रिफिनेयल फोस्पेट (टिपिपि) ब्याट्रीको इलेक्ट्रोलाइटभित्र राखिएको हुन्छ । ब्याट्री तापक्रम १५० डिग्री सेल्सियसमाथि पुगे उक्त रसायन राखिएको सेल पग्लिएर आगो निभाउने बताइएको छ ।
    परिक्षणको क्रममा केही भएर ब्याट्रीमा आगो लगे ०.४ सेकेण्डमा नै निभाउने देखाएको थियो ।


    धेरै ब्याट्रीहरु लिथियम आयन ब्याट्रीबाट बनेका हुन्छन् । तर, यो आगो लाग्ने सम्भावना पनि त्यतिकै हुन्छन् ।

    यो क्यालिफोर्नियाको स्टानफोर्ड विश्वविद्यालयको अध्ययन टोलीले यो परिक्षण गरेको हो । यसबारे साइन्स एडभान्सेसमा जर्नल प्रकाशित भएको थियो ।

    यसअघि पनि ब्याट्रीमा टिपिपी राख्ने प्रयास भने त्यसले ब्याट्रीको प्रदर्शनमा असर गर्ने पाइएको थियो ।

    ब्याट्री पड्किन थालेपछि सामसुङको ग्यालेक्सी नोट ७ लाई नै फिर्ता बोलाउनु परेको थियो ।

    सन् २०१६ को फेब्रुअरीमा अमेरिकाको विमानको कार्गोमा लिथियम ब्याट्री बोक्न प्रतिबन्ध गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij