
काठमाडौं । केहि समय अघि मात्रै राप्रपामा प्रवेश गरेर राजनीतिको औपचारिक यात्रा शुरु गरेकी गायिका एवंम सञ्चारकर्मी कोमल वलीले अब हुने निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् ।
उनले आफ्नै गृह जिल्ला दाङबाट चुनाव लडेर मन्त्री बन्ने अठोट गरेकी हुन् । ‘ म समाज रुपमान्तरणका लागि राजनीतिमा लागेकी हूँ । त्यसैले पार्टीले टिकट दियो भने मेरो आफ्नै जिल्लाबाट चुनाव लड्ने योजना छ ।’ कोमललाई उधृत गर्दै उनी निकट स्रोतले बतायो ।
पार्टीको कार्यक्रम, बैठक तथा छलफलहरुमा निक्कै दौडधुप गरिरहेकी गायिका कोमल वली यतिबेला जनताहरुको मन जित्ने खालका कामहरुमा सहभागि हुँदै आएकी छिन् । गायिकाको रुपमा निक्कै ख्याति कमाएकी वलीको राजनीतिमा लागेर देश र जनताका लागि पनि राम्रो काम गरेर देखाउने चाहना छ ।
उनी भन्छिन् ‘म देश र जनताका लागि नै काम गर्छु भन्ने अठोटका साथ राजनीतिमा लागेकी हूँ ।’
हाल रेडियो नेपालमा कार्यरत गायिका कोमल वली राजनीतिमा सक्रिय हुनकै लागि रेडियो नेपालबाट समेत राजीनामा दिने मुडमा रहेको स्रोतको भनाई छ ।