प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३
मंसिर २४ गते जिल्लाको सानोवाङ्थली गाविसमा अमानवीय ढंगबाट हत्या गरिएकी लक्ष्मी परियारको शव आफन्तले अझै बुझ्न मानेका छैनन्। यो खबर हामीले आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ ।
राष्ट्रिय दलित आयोगले लक्ष्मी परियारका श्रीमान मिलन परियारलाई समेत उनकै भाईको जाहेरी र घटनास्थलको प्रमाणका आधारमा पक्राउ गरी मुद्दा चलाएपछि छुटाउन दबाब दिने उद्देश्यले लक्ष्मीको शव नबुझ्न भनेको लक्ष्मीका देवर ज्ञानबहादुर परियारले भने ।
‘हामीलाई मिलन निर्दोष छन्, लक्ष्मीको शव बुझ्यो भने हामी तल पर्छौं, उनलाई रिहा नगरेसम्म शव बुझ्न हुँदैन भनिएको छ,’ ज्ञानबहादुरले भने, दलित आयोगले भने बाहेक हामी केही गर्दैनौं ।’
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij