आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल–भारतको एकीकृत जाँच–पास चौकी निर्माणले गति लियो

  • प्रकाशित मिति : शुक्रबार, माघ ७, २०७३



  • मोरङ । भारत सरकारको लगानीमा निर्माण हुन लागेको एकीकृत जाँच पास चौकी (आईसीपी) परियोजनाको कामले गति लिएको छ ।

    निर्माणका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गरी जग्गाधनीहरुलाई मुआब्जासमेत वितरण गरिसकेर भारतलाई जग्गा हस्तान्तरण गरेकाले अब आईसीपीले गति लिने देखिएको हो ।

    मोरङको बुधनगरमा भारत सरकारले निर्माण गरिदिने एकीकृत जाँचपास आइसीपीका लागि भारतको दिनेशचन्द्र आर अग्रवाल इन्फ्रास्ट्रक्चर प्रालिले ठेक्का लिएर अहिले परियोजनाको कामलाई अगाडि बढाएको छ । अहिले सो कम्पनीले परियोजनाको काम छिटो सम्पन्न गर्न धमाधम साइट कार्यालय निर्माण गरिरहेको र सर्वेलगायतका कामहरुलाई अगाडि वढाइएको ठेकेदार कम्पनीका प्रोजेक्ट साइट इन्जिनियर सुशान्त भगतले बताए ।

    सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन सहरी कार्यालय, विराटनगरका प्रमुख श्यामकिशोर सिंहले एकीकृत जाँचपास चौकी निर्माणका लागि १२९ विगाह जग्गा र लिङ्क रोडका लागि ४० विगाह जमिन अधिग्रहणपश्चात रु ३० करोड १३ लाख ५४ हजार मुआब्जा वितरण गरी आईसीपी निर्माणका लागि भारतलाई जग्गा हस्तान्तरण गरिसकिएको बताए । उनले भने, भारतले आफ्नै लगानीमा आईसीपी निर्माण गरेर नेपाललाई हस्तान्तरण गर्नेछ ।

    परियोजनाका लागि जग्गा हस्तान्तरणमा केही महिना अघिसम्म ढिलाइ हुँदा परियोजना नै सङ्कटमा पर्न लागेको आङ्शका उब्जिँदै आए पनि भर्खरै जग्गा हस्तान्तरण भएर साइट कार्यालय समेत स्थापना भएपछि भने पूर्वका उद्योगी व्यवसायी उत्साहित भएका छन् । नेपाल र भारत दुवैतर्फ एउटैस्वरुपको संरचना निर्माण गर्ने योजनासहित ल्याइएको परियोजनाको भारततर्फ संरचना निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आइसकेको छ ।

    एकीकृत जाँचपास चौकी निर्माण सम्पन्न भएपछि, पशु क्वारेन्टाइन, गोदामघर, भन्सार चौकीलगायत जाँचको काम सबै एकै थलोबाट हुने र धेरै कुरामा फाइदा पुग्ने बताइएको छ । एकीकृत भन्सार जाँचपास चौकी पूर्वाञ्चलकै मात्र नभई मुलुककै ठूलो परियोजना भएको सरोकारवालाहरुको भनाइ छ ।

    भारत सरकारको अर्बौँ रुपैयाँको लगानीमा निर्माण हुन लागेको यो परियोजनाले ठूलै फाइदा पुग्ने भएकाले एकीकृत जाँचपास चौकी निर्माणको काम तोकिएकै समयमा सम्पन्न हुनुपर्ने उद्योग सङ्गठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले बताए । उनले भने, ‘एकीकृत जाँच पास चौकी परियोजनाको कामले गति लिएकोमा उद्योगी व्यवसायी उत्साहित छौँ ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij