प्रकाशित मिति : शनिबार, माघ ८, २०७३
दहीहरूको राजा जुजु धौ भक्तपुरको मौलि एवम् परम्परागत उत्पादन। दहीका पारखीहरू स्वादैबाट जुजु धौ हो कि होइन पत्ता लगाउँछन्। तर भैसी पालनमा कमि आएसँगै जुजुधौ बचाउन दही उत्पादकहरूलाई धौ धौ परेको छ। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।
भक्तपुरको मौलिक ट्रेडमार्क जुजु धौ संकटमा परेको छ।
सर्वसाधारणमा भक्तपुरमा बन्ने सबै दही जुजुधौ हो भन्ने भ्रम छ तर सबै दही जुजुधौ हुँदैनन्। यसलाई विशेष प्रविधि र मेहनतसाथ बनाउनुपर्छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij