आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सीमामा बस्ने नेपालीले सीमाको रक्षा गरेका छन् – मन्त्री खाँण

  • प्रकाशित मिति : आइतवार, माघ ९, २०७३



  • newsabhiyan

    धनगढी, ८ माघ । रक्षामन्त्री बालकृष्ण खाँणले उत्तरी र दक्षिणी सीमा क्षेत्रमा नेपालीले सीमाको रक्षा गरेर बसेको बताउनुभएको छ ।

    नवजीवन सहकारी संस्था लिमिटेड, धनगढीको साधारणसभाको आज यहाँ उद्घाटन गर्दै रक्षामन्त्री खाँणले सबै नेपाली राष्ट्रवादी हुन्, कसैले कसैलाई होच्याउने काम गर्नु हुँदैन भन्नुभयो ।

    उहाँले भन्नुभयो – “नेपालमा चीन र भारत विरोधी गतिविधि हुन दिनुहुँदैन, त्यसैमा नेपालको सुरक्षा र राष्ट्रहित छ ।”

    राज्यशक्तिको स्रोत नेपाली जनता भएकाले कुनै निरङ्कुशता वा तानाशाही व्यवस्था फर्किएर आउन नसक्ने सुनिश्चितता नेपालको संविधानले गरेको उहाँले उल्लेख गर्नुभयो ।

    जनतामा निहीत सार्वभौमसत्ता, राष्ट्रिय स्वाधीनता, भू–अखण्डता, राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकतालाई कसैले बदल्न नसक्ने संविधानको अपरिवर्तनीय व्यवस्था रहेको उल्लेख गर्दै उहाँले यी बाहेकका अरु धेरै कुरा बदल्न सकिने बताउनुभयो ।

    कार्यक्रममा सहकारी संस्थाका अध्यक्ष रतनबहादुर कठायतले संस्थाको आव २०७२÷७३को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

    सीमित बैंकिङ कारोबार गर्दै आएको नवजीवन सहकारी संस्थाले आव २०७२÷७३ को आर्थिक कारोबारबाट रु छ करोड ८७ लाख २४ हजार सञ्चालन मुनाफा आर्जन गर्न सफल भएको जनाइएको छ । संस्थाले कृषि, व्यापार, उद्योग, सेवा, निर्माण, विपन्न वर्ग र उपभोक्ता कर्जालगायतका शीर्षकमा सेयरधनीलाई कर्जा प्रवाह गर्दै आएको छ ।

    संस्थाको आव २०७१÷७२ सम्म लगानीमा रहिरहेको कर्जा र सापटी रकम रु एक अर्ब ३७ करोड ६८ लाख ६० हजार रहेकामा आव २०७२÷७३ मा ३४ दशमलव १७ प्रतिशतले वृद्धि भई असार मसान्तसम्ममा लगानीमा रहिरहेको कर्जा रु एक अर्ब ८४ करोड ७३ लाख ८२ हजार पुगेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij