आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

वैदेशिक रोजगारमा गएका महिलाले किन गर्छन आत्महत्या ?

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • काठमाडौं । वैदेशिक रोजगारीमा जाने युवाको संख्या बढेसँगै विदेशमा ज्यान गुमाउनेको संख्या बृद्धि हुनु अब धेरैलाई समान्य लाग्न थालेको छ ।

    दैनिक १२ देखि १५ सय युवा वैदेशिक रोजगारीमा गइरहेका बोला दैनिक ३ देखि ४ वटा शव विदेशबाट आउने वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको पछिल्लो तथ्यांकले देखाउँछ । यो खबर आजको नागरिकमा छ ।

    वैदेशिक रोजगारीमा गएर आफू र परिवारको सुन्दर भविष्य बनाउने अभिलाषा बोकेका कैयन् युवकयुवती विदेशमा प्राकृतिक मृत्युभन्दा पनि सडक दुर्घटना, मुटुजन्य रोग, हृदयघात, आत्महत्याजस्ता कारण सर्वाधिक ज्यान गुमाउने गरेको बोर्डको तथ्यांक छ ।

    साथै पछिललो अवधिमा वैदेशिक रोजगारीको क्रममा आत्महत्या गर्नेमा पुरुषको तुलनामा महिलाको संख्या बढिरहेको पाइएको छ ।
    पुरुषको तुलनामा निकै कम संख्यामा महिला वैदेशिक रोजगारीमा जाने र सोही अनुपातमा हेर्ने हो भने आत्महत्या गर्ने महिलाको संख्या बढिरहेको पाइएको हो ।

    धेरै महिलाले आत्महत्या गर्नुलाई विज्ञहरुले विदेशमा हुने शोषण र नेपालबाट सोचेजस्तो वातावरण त्यहाँ नपाउनुलाई कारणका रुपमा लिने गरेको छन् ।

    ”आत्महत्या गर्नुको कारण खोज्न अहिलेसम्म गहिरो अध्ययन त भएको छैन, सरसर्ती हेर्दा महिलामाथि हुने अत्याचार नै प्रमुख कारण हो ।” बोर्डकी निर्देशक निर्मला थापाले भनिन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij