आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल प्रहरीमा आईजीको लापरवाहीले मिसनमा समस्या

  • प्रकाशित मिति : बुधबार, माघ १२, २०७३



  • काठमाडौं । नेपाल प्रहरीको मिसन सधैं विवादमा आउने गरेको छ । प्रहरीले खरिद गर्ने समान समयमै नपुग्ने र ती सामानमा घोटला हुने यी दुई कारणले प्रहरीलाई सधैं टाउको दुखाईको विषय बन्दै आएको कसैबाट छिपेको छैन । नेपाल प्रहरीको सुडान र हाइटीस्थित एफपियू मिसनका लागि यस्तै यस्तै लफडा पर्ने गरेको छ ।

    अहिले पनि समयमै सामान नपुग्नु र पुगेको समयमै सामान खरिद नहुनुले समस्या थपिएको स्रोतको दाबी छ । कल्याणकारी कोष मार्फत खरिद गरिने सामानमा समयमै टेण्डरमा नहुँदा र टेण्डर भएपछि पनि समयमै सामान नपुग्दा मिसन टोली पुगीसक्दा पनि सामानको अत्तोपत्तो छैन ।

    आगामी १० माघ अर्थात दुई दिन अघि हिँडेको एउटा टोली सुडान पुगिसक्दा पनि सामान त्यहाँ पुग्न सकेको छैन । कम्तीमा ४ दिन अघि पुग्नुपर्ने सामान एक हप्तापछि मात्रै सुडान मिसन पुग्ने भएको छ । मिसन पुगेका प्रहरी कर्मचारीहरुले नेपाली सेनासँग आवश्यक सामान लिएर चार पाच दिनसम्म चलाउनुपर्ने अवस्था समेत आएको स्रोतले जनाएको छ ।

    सामान समयमा खरिद प्रक्रिया नगरेका कारण यो समस्या आई परेको हो । समयमै सामान पुर्याउन नसकेका खण्डमा संयुक्त राष्ट्र संघले दिने रकम काटिदिने छ भने, विश्वव्यापीरुपमा नै नेपाल प्रहर नेतृत्व तहको बेइज्जतसमेत भएको छ । संयुक्त राष्ट्र संघको मिसनका लागि खरिद गरिने आवश्यक सामान हो ।

    प्रहरी कल्याणकोषले गत मंसिर १२ गते टेण्डर खोलेको थियो भने त्यसको एक महिनाअघि टेण्डर खोलेको थियो भने त्यसको एक महिनाअघि टेण्डरको सूचना प्रकाशित गरेको थियो । टेण्डर खुल पनि कोषका प्रमुख एसएसपी लव विष्ट डिआईजी बढुवामा नपरेपछि बिदामा बसेका कारण टेण्डर प्रक्रिया लम्बिएको थियो ।

    मंसिर २० गतेभित्र ठेक्का पाउने कम्पनीहरुलाई कार्यादेश दिइसक्नुपर्ने थियो, तर दिएन । २५ दिनभित्र सामान बुझाउनुपर्ने सर्तमा कार्यादेश दिनुपर्नेमा दिएन । जेनेटरको ठेक्का पाउने कम्पनीले ५ दिन बढी समय मागेपछि, औषधिको ठेक्का पाउनेले उत्पादन गर्ने कम्पनीको नाम नलेखेको र गाडीका पार्टपूर्जा सप्लाई गर्ने कम्पनीले कम्पनीको आवश्यक काजगात नपुगेको भन्दै कल्याण कोषले टेण्डर रद्द गरेपछि निकै ढिला भएको हो ।

    सामान त जसरी पनि आवश्यक पर्ने भन्दै कल्याणकारी कोषले गरेको वैकल्पिक व्यवस्था पनि सहज प्रभावकारी बन्न सकेन । त्यसमाथि मिसनको टोली जाने दिन पनि सामान बल्ल बठाइएको थियो । वैकल्पिक व्यवस्थाका कारण कल्याण कोषले १५ दिने टेण्डरको सूचना पुनः प्रकाशित गर्यो, खबर जनप्रहारमा छ ।

    सो दिनको अन्तिम मिति पुस २९ गतेसम्म रहेको थियो । १ माघबाट समान खरिद गरेर पठाउँदा मिसनको टोली पुगेको एक हप्ता मात्रै सामान पुग्ने भएको हो । टेण्डर स्वीकृत गरी ठेक्का पाउने कम्पनीले छोटो दिनमा कसरी सामान दिन कठिन भएको जनाएको थियो ।

    ४–५ दिनमा सामान दिनु पर्यो भन्दै ठेकेदारले कल्याणसँग बढी पैसा मागेको पनि स्रोतले जनाएको छ । आवश्यक सामान भारतबाट उत्पादन गर्न अर्डर दिएर उतैबाट पठाएको थियो भने केही नेपाल र केही कोरिया तथा चीनमा खरिद गरेर पठाउँदा पोर्टसम्म धेरै खर्च लागेको भन्दै ठेकेदार कम्पनीले कल्याणकारी कोषसँग बढी पैसा मागेको स्रोतको दावी छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij