आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दलितका समस्या समाधान गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री

  • प्रकाशित मिति : मङ्लबार, माघ १८, २०७३



  • काठमाडौं ।   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार दलित समुदायका समस्या समाधानप्रति प्रतिवद्ध भएको बताएका छन् ।

    मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय दलित मुक्ति मोर्चाका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्रीले दलित सिकुदायका समस्या समाधानमा प्रतिबद्ध रहेको बताएका हुन् ।
    ‘दलित आयोगलाई संबैधानिक मान्यता प्राप्त हुनु ठूलो उपलब्धी हो अव दलितहरुको विकास र सम्वृद्धिका पक्षमा काम गर्दै आएको उपेक्षित, उत्पीडित र दलित वर्ग उत्थान विकास समितिलाई अझ सक्रिय पार्दै अघि बढ्नुपर्छ ।’ प्रधानमन्त्री दाहालको भनाइ थियो ।

    भेटका अवसरमा प्रधानमन्त्रीले लक्ष्मी परियार र अजित मिजारको घटनामा संलग्नहरुमाथि कारवाहीका लागि छानविन प्रक्रिया अघि बढेको भन्दै जानकारी दिँदै पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिइने आश्वसन समेत दिएका थिए ।

    तिलक परिवारको नेतृत्वमा बालुवाटार पुगेको प्रतिनिधि मण्डलले लक्ष्मी परियार र अजित मिजारका हत्याराहरुमाथि कारवाही, पीडितलाई क्षतिपूर्ति, दलित विकास समिति खारेज गर्न खोजिएकोमा आपत्ति जनाउँदै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij