आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नैतिक पतनको कसुरमा सजाय पाएकाले चुनाव लड्न नपाउने

  • प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३



  • काठमाडौं । नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेद्वार हुन नपाउने भएको छ । दोस्रो संविधानसभा सदस्य निर्वाचनदेखि बहसमा रहेको विषयलाई संसद्को राज्य व्यवस्था समितिले स्थानीय निर्वाचनमा पनि लागू गर्ने गरी सहमति गरेको हो ।

    राज्य व्यवस्था समितिबाट पारित भई बुधबार संसद्मा पेश भएको स्थानीय तह निर्वाचनसम्वन्धी विधेयकको प्रतिवेदन अनुसार जातीय भेदभाव, छुवाछुत र बोक्सीसम्वन्धी कसुरमा सजाय पाएको व्यक्ति समेत सजाय भुक्तान गरेको तीन वर्षसम्म उम्मेद्वार हुन पाउदैन । बहुबिवाह कसुर प्रमाणित भएका व्यक्तिसमेत सजाय भुक्तान गरेको तीन वर्षसम्म स्थानीय निर्वाचनमा उम्मेद्वार हुन पाउनेछैनन् ।

    संगठित अपराधमा सजाय पाएका व्यक्ति पनि उम्मेद्वार हुन रोक लागेको छ । कर्तव्य ज्यान कसुरमा २० भन्दा कम सजाय पाई कैद भुक्तान गरेको ६ वर्ष पूरा नभएको व्यक्ति पनि अबको स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्न पाउने छैनन् । राज्य व्यवस्था समितिले पारित गरी संसद्मा पेश गरेको विधेयकको दफा १३(च) मा रहेको उम्मेद्वारको अयोग्यतासम्वन्धी व्यवस्थाअनुसार जबर्जस्ती करणी, मानव बेचबिखन तथा ओसारपासार, लागूऔषध, सम्पत्ति शुद्धीकरण, राहदानी दुरुपयोग अपहरणसम्वन्धी कसुर वा नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय पाई त्यो फैसला अन्तिम भएको व्यक्ति उम्मेद्वार बन्न पाउनेछैन ।

    प्रचलित कानुनले कसुर मान्ने अन्य कुनै पनि अपराधमा २० वर्ष वा सोभन्दा बढी कैद सजाय पाई फैसला अन्तिम भएको अवस्थाका व्यक्ति पनि निर्वाचनमा उम्मेद्वार बन्न पाउनेछैनन् । यस्तै, संगठित अपराधसम्बन्धी कसुरमा कैद सजाय पाएको व्यक्तिले स्थानीय निर्वाचनमा उम्मेद्वारी दिन पाउने छैनन् ।  तर, ज्यानसम्बन्धी कसुरमा २० वर्षभन्दा कम सजाय पाई सजाय भुक्तान गरेको ६ वर्ष पूरा भएपछि भने त्यस्ता व्यक्तिले निर्वाचनमा उम्मेद्वारी दिन सक्नेछन् ।

    जातीय भेदभाव, छुवाछूत, बोक्सी, र बहुविवाह जस्ता आरोपमा कसुर प्रमाणित भई सजाय पूरा गरेको तीन बर्षपछि भने उम्मेद्वार बन्न पाउने व्यवस्थामा सहमति भएको छ। निर्वाचन कसुरसम्वन्धी संघीय कानुन अनुसार कारवाहीमा परेका व्यक्ति त्यस्तो कारवाही भुक्तान गरेको दुई बर्षपछि उम्मेद्वार बन्न सक्छन्। भवितव्यमा परी ज्यान सम्वन्धी अपराधमा सजाय पाएका व्यक्तिको हकमा भने कसुर अनुसार कैद भुक्तान गरेको तीन बर्षपछि निर्वाचनमा उम्मेद्वार बन्न पाउने व्यवस्था कानुनमा हुने भएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij