आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

नेपाल प्रहरीमा जागिर खुल्यो, एकैपटक २,६७८ जवान पदमा दरखास्त आह्वान

  • प्रकाशित मिति : बिहिबार, माघ २०, २०७३



  • काठमाड । नेपाल प्रहरीले एकैपटक दुई हजार ६ सय ७८ जवान पदका लागि दरखास्त आह्वान गरेको छ ।
    प्रहरी प्रधान कार्यालयले जनपद समुहतर्फ एक हजार ६ सय ४५ तथा प्राविधिकतर्फ एक हजार ३३ जना जवानका लागि बिहीबार दरखास्त आह्वान गरेको हो ।
    आगामी फागुन १ गतेदेखि ३० गतेसम्म आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभाग भर्ना तथा छनौट शाखाले जनाएको छ ।

    खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार प्रहरी हेड्क्वार्टरले आह्वान गरेको भर्ना सम्वन्धी सुचना अनुसार खुल्ला तर्फ ८८७ जना, अमर प्रहरीतर्फ ३३ जना, आदिवासी जनजाती तर्फ २३२ जना, मधेशी २०३ जना, महिला १४५ जना, दलित १०८ जना तथा पिछडाक्षेत्रबाट ३७ जनाको कोटा छ्टुयाईएको छ ।

    त्यस्तै प्राविधीकतर्फ पनि समानुपातीक समावेशी प्रावधान अनुसार दरखास्त आह्वान गरिएको छ । प्राविधिक समुहको सञ्चारतर्फ सवैभन्दा धेरै ७१८ जना प्रहरी जवान मागिएको छ ।
    मेकानिकल ईन्जिनीयरीङ तथा सवारीतर्फ ९६ जना, मेकानिकल विपत ब्यवस्थापन तर्फ १८ जना, स्वास्थ्यतर्फ २५ जना, संगित तर्फ ६१ जना, आवास तथा भौतिक ईन्जिनीयरिङ्ग तर्फ २२ जना, सुचना प्रविधी कम्युटर तर्फ १७ जना, कुकुर स्कुलमा ५३ जना, विधी विज्ञानमा १८ जना तथा हातहतियारतर्फ ५ जनाको लागी अवेदन आह्वान गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    दरखास्त फारम दर्ता गर्ने अन्तिम मितिसम्म १८ बर्ष उमेर पुरा भई २३ बर्ष ननाघेका ईच्छुक उम्मेद्वारले दरखास्त फारम भर्न सक्नेछन् । त्यस्तै श्रेणी विहीन प्रहरी कर्मचारीको हकमा प्रहरी नियमावली २०७१ (संसोधित) को नियम ४० बमोजिम २५ बर्ष ननाघेका उम्मेद्वारले दरखास्त दिन पाउनेछन् ।

    महानगरीय प्रहरी परिसरहरु काठमाडौं, लतिलपुर, भक्तपुर, पुर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानी विराटनगर, मध्य क्षेत्रिय तालिम केन्द्र दुधौली सिन्धुली, पश्चिम क्षेत्रीय तालिम प्रहरी तालिम केन्द्र वुटवल, मध्य पश्चिम क्षेत्रीय तामिल केन्द्र नेपालगञ्ज, सुदुर पश्चिम क्षेत्रीय तालिम केन्द्र दिपायल तथा सवै जिल्ला प्रहरी कार्यालयहरुबाट दरखास्त फारम भरेर बुझाउन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij