आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

मोफसलकै ठूलो रेड हाउस जंगल रिसोर्टको उद्घाटन

  • प्रकाशित मिति : शनिबार, माघ २२, २०७३



  • नवलपरासी । काठमाडौं, पोखरा र लुम्बिनीको केन्द्रविन्दुमा पर्ने नवलपरासीको गैडाकोट १७ अमरापुरीमा अत्याधुनिक सुविधासम्पन्न रेड हाउस जंगल रिसोर्ट स्थापन गरिएको छ । ६ विगाह क्षेत्रफलमा फैलिएको यो रिसोर्टको आज एक विशेष समारोहबीच औपचारिक उद्घाटन गरिएको छ ।

    नवलपरासी मध्यवर्ती क्षेत्रमा रहेको प्राकृतिक, धार्मिक एवं साँस्कृतिक सम्भावनाहरुको उजागर गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले रिसोर्ट स्थापना गरिएको रिसोर्टका अध्यक्ष हेमु पाण्डेले जानकारी दिए ।

    गैडाकोट नगरपालिकाका कार्यकारी प्रमुख श्रीकृष्ण नेपालले पर्यटन विकासको लागि यो रिसोर्ट एउटा नयाँ आयम रहेको बताए । कार्यक्रममा चर्चित हास्य कलाकार दमन रुपाखेती र राई बुढोले आफ्नो प्रस्तुतिमार्फत दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए भने कलाकार मनिषा श्रेष्ठले नृत्य प्रस्तुत गरेर मनोरञ्जन दिलाए ।

    कार्यक्रममा विभिन्न संघसंस्था, सरोकारवाला निकायका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    रिसोर्टका अध्यक्ष हेमु पाण्डेकाअनुसार यहाँ चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा जंगल भ्रमण, हात्ति सफारी, नारायनी नदीमा क्यानो ट्रिप, बर्ड वाचिङ, थारु गाउँ टुर, स्थानीय सांस्कृतिक नाँच, जिप सफारी, हात्ति बाथिङलगायतका सेवा सुविधा उपलब्ध छन् ।

    यस रिसोर्टमा १४ वटा कटेज र १७ वटा डिलक्स रुमहरु रहका छन् । चौविसै घण्टा एसीको व्यवस्था रहेको छ । चौविसै घण्टा हट एण्ट कोल्ड सावर, फ्रि वाईफाई, सुविधासम्पन्न पार्किङ, बार वि क्यू सर्भिस, लण्ड्रि सर्भिस, फ्रि ट्राभल इन्फर्मेशन, १२० जना अटाउन सक्ने क्षमताको डाइनिङ हल रहेको छ ।

    त्यस्तै फुल्ली स्टक बार, एयरपोर्टदेखि रिसोर्ट र रिसोर्टदेखि एयरपोर्टसम्म पीकअप ड्रप ट्रान्सपोर्टको व्यवस्था रहेको छ । जंगल सफारी तथा गाउँ भ्रमणको लागि दक्ष अनि अनुभवी गाइड, बोटिङ, रिसोर्टले सञ्चालन गरेको भ्यू टावरबाट प्राकृतिक दृश्यावलोकन गराउने व्यवस्था रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij