प्रकाशित मिति : मङ्लबार, माघ २५, २०७३
जाजरकोट । नलसिङगाड जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माणमा जुटेका एक मजदुरको मृत्यु भएको छ ।
लहँ गाविसको गेडेनी भिरमा विस्फोटन गर्दा माथिबाट आएको ढुङ्गाले थिच्दा रुकुम घेत्मा गाविस–२ का २७ वर्षीय अन्नत कामीको मृत्यु भएको हो ।
भिरमा घाइते भएका विकलाई उपचारका लागि जाजरकोट अस्पतालमा ल्याउँदा ल्याउँदै बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले बताएको छ । पहँुच मार्ग निर्माण गर्ने स्थलमा कडा चट्टान मात्र छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij