आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एकाबिहानै आइजीपीको निवास अगाडि बम आतंक !

  • प्रकाशित मिति : बुधबार, माघ २६, २०७३



  • काठमाड । नेपाल प्रहरीका प्रमुख (आइजीपी) उपेन्द्रकान्त अर्यालको नक्सालस्थित सरकारी निवास अगाडि बुधबार बिहानै बम भएको हल्ला फैलियो ।
    बिहानै तीनबजे उक्त हल्ला फैलिएको खबरसँगै काठमाडौंका प्रहरी प्रमुख एसएसपी छबिलाल जोशी सहितका सुरक्षाकर्मीको ठूलो टोली त्यहाँ पुगे भने नेपाली सेनाको बम डिस्पोजल टोलीपनि पुग्यो ।

    टोलीले सो स्थान नियन्त्रणमा लिएर बम भनिएको बस्तु डिस्पोज गर्ने क्रममा थाहा भयो कि कसैले खानेतेलको बाकसलाई कपडाले बेरेर राखिदिएको रहेछ।

    महानगरीय प्रहरी बृत्त कमल पोखरीका डिएसपी महेश थापाले सो स्थानमा टिनको बाकस भेटिएको स्वीकारे ।

    स्रोतका अनुसार दुई घण्टाको मेहनेतपछि सुरक्षाकर्मीको टोलीले आइजीपीको निवास अगाडि राखिएको बस्तु बम नभएर तेलको बाक्सा भएको पुष्टि गरेको थियो ।

    एकाबिहानै बमको हल्ला फैलिएसँगै सो क्षेत्रमा त्रास समेत फैलिएको थियो । प्रहरीले कसले टिनको बाक्सा राख्यो र हल्ला फैलायो भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ ।

    यसअघि पनि विभिन्न समयमा यस्ता खालका हल्लाहरु फैलिने गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij