आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतद्वारा कैलाली र कन्चनपुरका सीमानाका बन्द

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३



  • कैलाली । कैलाली र कन्चनपुरका सीमानाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ ।

    भारतको उत्तराखन्डमा फागुन ४ गतेदेखि हुने विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सिमाना जोडिएका कैलाली, कन्चनपुरका नाका सोमबार बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् ।

    विधानसभाको निर्वाचनलाई लक्षित गर्दै भारतीय पक्षले सीमानाकामा उच्च सतर्कता बढाएको उपरीक्षक चन्दले बताएका छन् ।

    उत्तराखन्ड राज्यमा पनि एकैदिन विधानसभा चुनाव परेकोले बैतडी र दार्चुलाका सीमानाका पनि यसअघि बन्द भइसकेका छन् ।

    भारतले निर्वाचनका लागि सुरक्षा संवेदनशीलता देखाउँदै सीमानाका बन्द गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij