प्रकाशित मिति : मङ्लबार, फाल्गुन ३, २०७३
काठमाडौ । जनयुद्धमा रगत र पसिना बगाएका महिलाहरुले अव हिलोमा कमल फुलाउने प्रण गरेका छन् । जनयुद्धवाट हासिल भएका उपलव्धीहरुलाई रक्षा र विकाश गर्ने उदेश्यका साथ परिवर्तनका लागि महिला नेपाल नामक गैरसरकारी संस्थामा गोलवन्द भएका महिलाहरुले यस्तो बताएका हुन् ।
महिलाहरुको आर्थिक क्षेत्रमा सहभागिता अभिवृद्धिबारे मंगलबार काठमाण्डौंको वानेश्वरमा भएको एक कार्यशालामा वोल्दै परिवर्तनका लागि महिला नेपालकी अध्यक्ष कमला रोकाले सवै क्षेत्रमा रहेका महिलाहरुलाई परिवर्तनको अनुभुति गराउँन आफूहरुले उपयुक्त योजनासाथ काम गर्ने दावी गरिन् । ‘आर्थिक रुपमा सवल र सक्षम भएमात्र अरु अधिकार पाउन सकिन्छ, अव महिला सवै हिसावले आत्मनिर्भर हुनुपर्छ’ पूर्व मन्त्री समेत रहेकी रोकाले जोड दिईन् ।
जनयुद्धमा प्रत्यक्ष सहभागी भएका १३ जना महिला मिलेर यो संस्था गठन गरिएको महासचिव रेणु दाहालले जानकारी दिइन् । जसमा अध्यक्ष कमला रोका, उपाध्यक्ष रेणु चन्द महासचिवमा रेणु दाहाल र सदस्यहरुमा विमला सुवेदी, पार्वती थापा, सुशिला सिंखडा, सावित्री अधिकारी, ज्वाला शाह, रामकुमारी चौधरी, इन्दिरा रोका, टिका बुढाथोकी लगायत रहेका छन् । 
अंग्रेजीमा ‘वुमेन फर चेन्ज नेपाल’ नाम राखिएको उक्त संस्थाले गरिवी निवारण कोषसंग मिलेर आज पहिलो पटक कार्यशाला आयोजना गरेको हो ।
कार्यशाला द्घाटन समारोहलाई सम्बोधन गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्ण बहादुर महराले महिलाहरुको आय आर्जन बृद्धि गर्ने कार्यक्रम ल्याउन सुझाव दिए । महराले भने — ‘मन्त्रालयमा रकम थुप्रिईरहेको छ, पुँजिगत कार्यक्रमहरु ल्याउनुस् र खर्च गर्नुस । खर्च गर्न नसक्नेहरु बजेट माग गर्न नआउनुस् ।’
कार्यक्रममा नेपालमा महिलाको आर्थिक सशक्तिकरणका लागि सुक्ष्म अर्थतन्त्रका अवसर संभावना र चुनौति विषयमा विश्लेषक हरि रोका, सीप विकास, रोजगार र स्वरोजगारमा राष्ट्रिय अन्तराष्ट्रिय अनुभववारे राष्ट्रिय योजना आयोगकी डाक्टर विमला राई र गरिवी निवारण कोषवारे कोषका कार्यकारी निर्देशक नहकुल केसीले धारणा राखेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij