आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बालबालिकासम्बन्धी कानुन कार्यान्वयन चुनौतीपूर्ण

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • Children shouting the slogns during a demonstration under the banner of Delhi Bal Adhikar Club demanding securityand tracing of missing children, at Jantar Mantar in New Delhi on Monday.tribune Photo/Mukesh Aggarwal

    बालबालिकाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका सरोकारवालाहरुले बालबालिकासम्बन्धी बनेका कानुनको कार्यान्वयन चुनौतीपूर्ण भएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

    विगतमा बनेका कानुनहरु बालमैंत्री भए पनि कार्यान्वयन फितलो भएकाले धेरै बालबालिकाहरु अझै असुरक्षित रहेको उनीहरुको बुझाइ छ । बुधबार काठमाडौंमा आयोजिक बालबालिकासम्बन्धी कानुन बारेको अन्तरक्रियामा सहभागीहरुले अब बन्ने ऐन अझ धेरै बालमैत्री हुनुपर्नेमा जोड दिएका छन् । उनीहरुले निर्माणको चरणमा रहेको ऐनमा बालबालिकासम्बन्धी कुनै पनि विषय नछुटाउन माग गरेका छन् । गर्भावस्थादेखिकै विषयलाई समेटेर सशक्त कानुन निर्माण नभए बालजोखिम अझै बढ्ने सहभागीहरुको बुझाइ छ ।

    बालबालिकाको सम्बन्ध एउटा मात्रै निकायसँग नहुने भएकाले सबै क्षेत्रले बालबालिकाको पक्षमा नीति बनाएर र कार्यान्वयन गर्नुपर्ने सरोकारवालाहरुको निष्कर्ष छ । अन्तरक्रियामा सहभागी व्यवस्थापिका संसदअन्तर्गतको महिला, बालबालिका, जेष्ठ नागरिक र समाज कल्याण समितिकी सभापति रञ्जु झाले संविधानमा छुटेका कुराहरुलाई पनि समेट्दै बालबालिकासम्बन्धी प्रभावकारी ऐन बनाउनु पर्ने र बनेको ऐनलाई कडाइपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।

    कार्यक्रममा प्रस्तावित बालबालिका ऐनका सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यपत्रमा प्रस्तावित बालबालिका सम्बन्धी ऐनमा अपाङ्गता भएका, शरणार्थी, गरिब, सीमान्तकृत र अल्पसङ्ख्यक बालबालिकाबारे गरिएको व्यवस्था अपूरो रहेको पनि उल्लेख गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij