आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजदुतहरु भन्छन् –‘लगानी गर्ने बातावरण नै छैन’

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ४, २०७३



  • काठमाडौ । विभिन्न देशका राजदुतहरुले नेपालमा लगानी भित्र्याउने वातावरण अझै बन्न नसकेको गुनासो गरेका छन् । बुधबार उद्योग मन्त्री नविन्द्रराज जोशीसँगको सामूहिक भेटमा विभिन्न देशका राजदुतहरुले आफुहरु नेपालमा बैदेशिक लगानी भित्रयाउँन इच्छुक भएपनि त्यस अनुसारको ऐन÷कानुनको अभावले समस्या भएको बताएका हुन् ।
    सरकारले आगामी फागुन १९ र २० गते काठमाडांैंमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ । सोही सम्मेलनको तयारीबारे सरकारका तर्फबाट जानकारी गराउँन बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा उनीहरुले बैदेशिक लगानी भित्र्याँउनका लागि नेपालले बैदेशिक लगानी सम्बन्धी छुट्टै कानुन ल्याउनुपर्ने आवश्यक्ता पनि औल्याए ।

    लगानी सम्बन्धि अन्तराष्ट्रिय सम्मेलनको तयारीबारे जानकारी गराउन राजदुतहरुसँग सामुहिक भेट गरिएको उद्योग मन्त्री जोशीले जानकारी दिए ।

    बैठकमा मन्त्री जोशीले सरकार वैदेशिक लगानी भित्र्याउनका लागि सहजीकरण गर्न प्रतिवद्ध रहेको पनि बताएका थिए ।

    त्यस अवसरमा मन्त्री जोशीले वैदेशिक लगानी भित्रयाउन आवश्यक परे श्रम कानुन संशोधन गर्न पनि सरकार पछि नपर्ने उल्लेख गरेका थिए ।

    सरकारले वैदेशिक लगानी भित्र्याउने उद्देश्यले काठमाडौंमा अन्तराष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दैछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij