आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

अव्यवस्थित बसोबास व्यवस्थापन गर्न आयोग गठन

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ५, २०७३



  • काठमाडौ  ।सरकारले अव्यवस्थित बसोबासलाई व्यवस्थापन गर्ने भएको छ । देशका प्रमुख शहरहरुमा अव्यवस्थित बसोबास बढ्दा शहरको सुन्दरता र आगलागि लगायतका दुर्घट्नाको जोखिम बढेको निश्कर्ष निकाल्दै सरकारले समस्या समाधानका लागि बसोबास आयोग गठन नै गरेको भूमि सुधार मन्त्री बिक्रम पाण्डेले जानकारी दिएका छन् ।

    ‘देशका विभिन्न भागमा समस्याको रुपमा रहेका अव्यवस्थित बसोबासको उचित व्यवस्थापन गर्न सरकारले बसोबास आयोग गठन गरेको छ ’मन्त्री पाण्डेले बताए ।

    भूमि व्यवस्थापनमा क्षेत्रमा देखिएका मुख्य समस्या समाधान गर्न सरकारले लिएका निर्णय र नीतिबारे जानकारी गराउन बिहिबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पाण्डेले अव अव्यवस्थित बसोबास बसाउने दावी समेत गरे । ‘अव अतिक्रमणको समस्या र अव्यवस्थित बस्ती बस्ने प्रक्रिया दोहोरिदैन’, मन्त्री पाण्डेको प्रतिवद्धता छ ।

    आयोगको केन्द्रमा भूमि सुधार मन्त्रीको अध्यक्ष नौं सदस्यीय समिति रहने व्यवस्था गरिएको छ भने जिल्लाहरुमा गठन हुने समिति ११ सदस्य हुनेछन् । अव्यवस्थित बसोबासका कारण सडक समेत अतिक्रमण हुँदै गईरहेका बेला सरकारले सो समस्या समाधानका लागि आयोग गठन गरेको जनाएको छ । त्यसैगरी सरकारले सुकुम्बासीहरुको पहिचान गर्नका लागि सम्बन्धित क्षेत्रमै जाने कार्ययोजना पनि बनाएको छ । वास्तविक समस्या समाधानका लागि सम्बन्धित ठाउँमै जाने र उनीहरुलाई पहिचान गरेर सोही ठाउँमै जग्गाको स्वामित्वको व्यवस्था गर्न मन्त्रालयले तयारी गरेको हो ।

    सम्बन्धित क्षेत्रमै गएर वास्ताविक सुकुम्बासीहरुकोे पहिचान गरी जग्गा धनी पूर्जा उपलब्ध गराउने नीति लिइएको मन्त्री पाण्डेले बताए । सरकारले उपलब्ध गराएको जग्गाधनी पूर्जामा सुकुम्बासीहरुको स्वामित्व हुने तर उनीहरुले खरिव बिक्री भने गर्न नपाउने व्यवस्था पनि गरिएको छ । मन्त्री पाण्डेले सुकुम्बासीको नाममा अव राजनीति हुन नदिने दृढता पनि व्यक्त गरे । भूमि सुधार मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रको बाँदर झुलामा बसोबास गरेका करिव ७ सय भूमिहिन परिवारलाई व्यवस्थित बसोबास गराउन जग्गाको पहिचान गरी कार्य प्रक्रिया सुरु गरिएको पनि जनाएको छ ।

    मन्त्री पाण्डेले सुदूर तथा मध्य पश्चिमका १२ वटा जिल्लाका मुक्त हलियाहरु तथा ५ जिल्लाका मुक्त कमैंयाहरुको पुनस्थापनाको लागि १ अरव १० करोड रकमको व्यवस्था गरी सम्बन्धित जिल्ला पठाई सकिएको जानकारी पनि दिए । मन्त्रालयले सरोकारवाला निकायको सहयोगमा मुक्त हलियाको पुनस्र्थापना कार्य आगामी २ वर्ष भित्र सम्पन्न गरी सक्ने लक्ष्य लिएको जनाएको छ । त्यस्तै अपांग, जेष्ठ नागरिक, अशक्त आदिलाई सेवा प्रवाहमा प्राथमिकता दिन हेल्प डेस्क स्थापना सुरु भइसकेको सरकारले जनाएको छ ।

    मन्त्रालयले आफू मातहतको निकायबाट प्रवाह हुने सेवालाई प्रभावकारी बनाउन समन्वय इकाई तथा शासकीय सुधार इकाई स्थापना गरी काठमाडौंसहित देशका मुख्य मुख्य शहरमा रहेका ८ वटा मालपोत कार्यालयहरुमा पूर्ण रुपमा अनलाईन सेवा सुरु गरिएको जनाएकोछ । पत्रकार सम्मेलनमा मन्त्री पाण्डले अव भूमि नीति परिमार्जनको काम पनि अघि बढाउने भन्दै राजस्व छली हुन नदिन अनुगमनको कामलाई पनि तीव्र गतिमा अघि बढाएको जनाएका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij