आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पाप धुरिबाट कराउछ

  • प्रकाशित मिति : आइतवार, फाल्गुन ८, २०७३



  • दीपक श्रेष्ठ, काठ्माण्डौ ।  यहि भनाइ चरितार्थ भएको छ। कास्की सिद्धका ४३ वर्षीय नारायण अधिकारीको जीवनमा ।

    आफूले गरेको अपराधबाट जोगिन नाम परिवर्तन गर्दा पनि उनी उम्किन सकेनन् । २०५५ सालमा कास्कीमा भएको एक हत्या घटनाका मुख्य अपराधी अधिकारी कानुनबाट जोगिन नारायणबहादुर अधिकारी र जीवन अधिकारी नामबाट जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकताको दुइटा प्रमाणपत्र लिन सफल भए छ ।

    सोही नागरिकताका आधारमा २०६८ सालबाट जीवन अधिकारीको नामबाट राहदानी बनाई नारायण वैदेशिक रोजगारीका लागि साउदी अरब पलायन भए । करिब छ वर्षअघि साउदी अरब गएका अधिकारीलाई त्यहीँबाटै पक्राउ गर्न प्रहरी सफल भएको छ ।

    करिब १३ वर्षअघि कास्कीका शिवराज थापा ‘सुयल’को हत्यामा संलग्न अधिकारीविरुद्ध २०५७ सालमा जिल्ला अदालत कास्कीले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । सो फैसला बेरुजू राख्न नाममात्र होइन स्थानसमेत परिवर्तन गर्दै आएका अधिकारीलाई केन्द्रीय अनुसन्धान ब्युरोले साउदी अरबबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

    नेपाली सेनाको झापास्थित सिंहनाथ गण चारआलीमा सिपाहीका रूपमा कार्यरत अधिकारीले श्रीमती इन्दिरा अधिकारीमाथि दुव्र्यवहार गरेको रिसमा गाउँकै छिमेकी थापामाथि खुर्पा प्रहार गरी हत्या गरेपछि सोही दिन साँझ झापास्थित आफू कार्यरत गणमा हाजिर भएका थिए ।

    अपराध जति लुकाए पनि लुक्दैन भनेझैँ अन्ततः उनी जीवन अधिकारीका रूपमा नभई नारायण अधिकारीका रूपमा पक्राउ परेका हुन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij