प्रकाशित मिति : शुक्रबार, फाल्गुन १३, २०७३
काठमाडौँ – लामो समयदेखि राजदूत खाली रहेका १४ मुलुकमा सरकारदे नयाँ राजदूत नियुक्ती गरेको छ, आजको जनआह्वान साप्ताहिकले खबर छापेको छ ।
तर राजदूतमा नियुक्त भएका व्यक्तिहरु भ्ने कुटनीतिक क्षेत्रको क समेत थाहा नपाएका र विगतमा विवादास्पद भूमिकामा रहेका नै बढी परेका छन् । मानव तस्करीमा कुख्याती कमाएकादेखि दलाली धन्दामा प्रख्यात रहेकाहरु राजदूतको रुपमा सिफाशि भएका छन् ।
सरकारले नियुक्त गरेका १४ जना राजदूतहरुको नाम सिफारिस हेर्दा उनीहरुले मुलुकको प्रतिष्ठा र इजजत धान्लान् त भन्ने आशंका समेत पैदा भएको छ । मुलुकको प्रतिष्ठा भन्दा पनि व्यक्तिगत लाभका लागि उनीहरु अगाडि बढ्लान् की भन्ने सन्त्राष पनि सँग सँगै आएको छ ।
राजदूतको सूची देख्नासाथ अब सांसद पदमा जस्तै कूटनीतिक क्षेत्रमा पनि पैसा खाएर म्यानपावर व्यवसायीलाई भर्ना गर्न थालिएको आशंका जनमानसमा उब्जिएको छ । समानुपातिकको नाममा बनाइएका सांसदहरुले राजनीतिलाई विद्रुप बनाएको सन्दर्भमा राजदूत नियुक्तीको अवस्था पनि त्यस्तै देखिएको छ । राजदूत भनेको मुलुकको प्रतिनिधि हो ।
नेपाली मात्रको हितका लागि सम्बन्निधत मुलुकमा रहने राजदूतले निभाउने भूमिका र कर्तव्यले नै उसको मूल्य कति हो भन्ने कुराको निर्धारण गर्दछ । मुलुकको प्रतिनिधिको रुपमा काम गर्ने व्यक्ति सफा र प्रष्ट ह्दयको हुनुपर्दछ ।
तर पछिल्लो पटक नियुक्त भएकाहरु भ्ने विगतमा नेपाली युवा ठगेका, अपराधीक मनोवृत्तिका बढी देखिएका छन् ।
नेपाली युवालाई वैदेशिक रोजगारीको नाममा ठगी धन्दा गरेका व्यक्तिलाई नै राजदूत बनाउनुको पछाडि आर्थिक चलखेल राम्रै भएको अनुमान गर्न सकिन्छ । आर्थिक चलखेलका आधारमा नियुक्त भएका त्यस्ता व्यक्तिे मुलुकको प्रतिष्ठा उचो बनाउनु त कता हो कता आफै कमाउ धन्दामा लाग्ने र मुलुकको इज्जतलाई माटोमा मिलाउने पक्का जस्तै देखिएको छ ।
संयोग कस्तो भने, सरकारले शर्मिला पराजुलीलाई ओमानका लागि राजदूत सिफारिस गर्दै गर्दा उनी मेनपावर व्यवसायीका रुपमा ओमानतिरै डिमान्डका लागि डिल गर्दै थिइन् । नक्कली डिमाण्ड खडा गरेर नेपाली युवालाई ठगी गर्ने पराजुलीको धन्दालाई फस्टाउनका लागि मल र जल हालिदिएको छ सरकारले राजदूत बनाएर । उनलाई त राजदूत पद सुनको अण्डा पार्ने कुखुरीको रुपमा परिचित हुने वाला छ ।
अर्को संयोग के रहेको छ भने मधेसी जनताको अधिकारको वकालत गर्ने मधेसकेन्द्रित दलबाट राजदूत सिफारिस पर्ने शर्मिला भाग्यमानी पहाडे महिलामा परेकी छिन् । मधेसमा नै रहेका अरु कुनै प्राध्यापक, विद्धान तथा कुटनीतिक क्षेत्र जाने बुझेका मान्छेलाई नै राजदूत बनाउन सकिन्थ्यो तर पराजुली नै किन सिफारिश भइन् त भन्ने जिज्ञासामा एक मन्त्रीलेभ ने उनले विजयकुमार गच्छदार र केही नेतालाई राम्रै नजराना बुझाएको चर्चा छ, त्यसैले काम ग¥यो होला ।
३६ वर्षीया शर्मिला पराजुली (ढकाल) ओमानका लागि दोस्रोपटक राजदूत सिफारिस भएपछि वैदेशिक रोजगार व्यवसायी वृत्तमा खैलाबैला मच्चिएको छ । उनी राजदूत बनेको देश ओमानमा समेत कामदार पठाउने व्यवसाय चलाउँछिन् । नेपाली युवा ठगेको भन्दै बैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, नेपालका विभिन्न दूतावासमा उजुरी समेत परेको छ ।
जुन देशमा मान्छे सप्लाई गर्ने हो, त्यही देशको राजदूत भएपछि शर्मिलाको भूमिका अब कता केन्द्रित होला ? सहजै अनुमान लगाउन सकिन्छ उनी ठगी धन्दामा संलग्न छिन् र उनलाई चोख्याउनका लागि नै राजदूत बनाइएको त होइन भन्ने आशंका पैदा भएको छ ।
गच्छदारदेखि परराष्ट्र मन्त्री डा प्रकाशशरण महतलाई समेत राम्रै प्रभाव पराजुलीले पारेको बताइन्छ । उनको विशेष क्षमता भनेको रुप र पैसाको बलमा प्रभावशाली नेतालाई ‘प्रभावमा’ पार्न सक्ने नै रहेको छ । त्यसबाहेक शर्मिलाको कुटनीतिक अनुभव छैन ।
शुरुमा मलेसिया र पछि दुबईमा बसेर वैदेशिक रोजगारीको धन्दा चलाएकी पराजुलीको गतिविधि पछिल्लो समय ओमानमा केन्द्रित छ । उनले ओमानकै राजदूत हुन सबै शक्ति प्रयोग गर्नु यसैले पनि अर्थपूर्ण छ । किनकी ओमान हालसम्म नेपाली युवाका लागि सहज र सरल गन्तव्यका रुपमा परिचित छ ।
सोही मुलुकमा जाने नेपाली युवालाई ठगी गर्ने उनको योजनालाई संस्थागत गराउन सरकारले बाँदरलाई लिस्नु भने जस्तै गरी राजदूत बनाइदिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij