प्रकाशित मिति : बुधबार, फाल्गुन १८, २०७३
गोरखा । भूकम्प गएको एक बर्षपछि भूकम्पको केन्द्रबिन्दु बारपाक पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीले शिलान्यास गरेको गोपाल विकको घर अहिलेसम्म पुननिर्माण हुन सकेको छैन । आर्थिक अभावका कारण बारपाक ४ मा रहेको उनको घर पुनिर्माण हुन नसकेको छ ।
राष्ट्रपतिले शिलान्यास गरेपछि विशेष सहयोग पाइएला र घर चाँडै बन्ला भन्ने विकको आस अहिले निराशामा परिणत भएको छ । फोटो खिच्ने, अन्तर्वार्ता लिने मात्रै धेरै आएका तर घर बनाउन सहयोग गर्ने कोही नआएको उनको गुनासो छ ।
नाम मात्र आयो, दाम भएन, उनको दुखेसो छ । अहिलेसम्म पनि दिनदिनैजसो फोटो खिच्न र अन्तर्वार्ता लिने मान्छे आइरहने उनको भनाइ छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij