आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

५ फिटको राष्ट्रिय झन्डा फहराइयो

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २१, २०७३



  • काठमाडौँ,   राष्ट्रिय एकता र स्वाभिमान सन्देश फैलाउने उद्देश्यले १५ फिटको राष्ट्रिय झन्डा दहचोकस्थित कालु पाँडेको समाधिस्थलमा फहराइएको छ ।

    इन्द्रदह एकीकृत विकास समितिले त्यस क्षेत्रको पर्यटन पूर्वाधार विकास कार्यक्रमअन्तर्गत झन्डा फहराएको हो । उक्त समाधिस्थल समुद्री सतहदेखि दुई हजार ३०० मिटर अग्लो स्थानमा छ ।

    नेपाली काँग्रेसका नेता एवम् सांसद ध्यानगोविन्द रञ्जितले स्थानीय विकास तथा पूर्वाधार निर्माणमा स्थानीय समुदाय एकजुट भई लाग्नुपर्नेमा जोड दिँदै त्यस क्षेत्रमा फहराइएको झन्डाले सामाजिक एकता र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गगरे ।

    नेकपा (एमाले)का नेता तथा सांसद रामेश्वर फुयाँलले राष्ट्रिय एकता कमजोर भएका कारणले वैदेशिक हस्तक्षेप बढ्दै गएको बताए ।

    समितिका अध्यक्ष हरिशरण थापाले देशको राष्ट्रियतामा सबै पार्टी दलगत स्वार्थभन्दा माथि उठेर साझा दृष्टिकोण बनाउनुपर्नेमा जोड दिए ।

    आधुनिक नेपालको एकीकरणका लागि कीर्तिपुरमा भएको युद्धमा मारिएका कालु पाँडेको समाधिस्थल चन्द्रागिरि नगरपालिकामा छ । त्यस क्षेत्रमा नैकाप, दहचोक, नागार्जुन जोड्ने मार्ग विकास गर्नुपर्ने स्थानीयवासीको माग छ

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij