आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

एमालेको अवरोधले नौ वर्षमा पनि हुलाकी राजमार्गको पुल बनेन

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २२, २०७३



  • मोरङ । नेकपा एमालेको लगातार अवरोधले गर्दा हुलाकी राजमार्गको एउटा महत्वपूर्ण पुलको निर्माण कार्य नौ वर्षमा पनि सम्पन्न हुन सकेको छैन ।

    हुलाकी राजमार्गमा मोरङ र झापा जिल्लालाई जोड्ने रतुवा नदीमा २०६५ सालदेखि निर्माणाधीन दुई सय नौं मिटरको लामो पुल आधा बनेर वर्षौदेखि बेवारिसे छ ।
    मोरङ क्षेत्र नं १ का एमाले सांसद रिषि पोखरेल, झापा क्षेत्र नं ६ का सांसद् दिपक कार्की र विराटनगरमा गुण्डागर्दीको आरोप खेप्ने एमालेका युवा नेता परशुराम बस्नेत लगायतको अवरोधले गर्दा नौ वर्षमा पनि सो पुल बन्न नसकेको स्थानीय नेताहरुले आरोप लगाएका छन् ।

    पुलमा बजेटको कमिशन मागेर एमालेले हैरान पारेपछि निर्माण कम्पनीहरु भाग्न बिवस ।
    ‘एमाले नेताहरुले बजेट भागबन्डाको चक्करमा पुल निर्माणमा अवरोध नगरेको भए रतुवा खोलाको पुल उहिल्यै बनिसक्थ्यो’– नेपाली कांग्रेसका स्थानीय नेता गिरिजा यादवले भने,– ‘एमाले अवरोध कै कारण सरकार र परियोजना प्रमुखले पनि समयमा निर्माण कार्य सम्पन्न गर्न चासो दिएनन् ।’

    मोरङतिर क्षेत्र नं १ महादेवा चौकीघाट र झापातिर क्षेत्र नं ६ बालुगाउँ जोड्ने पुल एमाले नेताहरुको गतिलो कमिशन र कमाउधन्धा बनेर अलपत्र परेपछि स्थानीय आक्रोश चुलिएको छ । हुलाकी राजमार्ग अन्तर्गत पर्ने रतुवा खोलामा वर्षायाममा पानी बढेपछि स्थानीयलाई आउजाउ गर्न निकै नै सास्ती हुने गरेको छ ।

    ‘निर्माण कार्य सम्पन्न गर्न जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र ठेकेदार कम्पनीमा थुप्रै पटक डेलिगेन लिएर जाँदा पनि सुनुवाई भएन’– संघीय समाजवादी फोरम नेपालका क्षेत्रीय अध्यक्ष उदय यादवले भने । समयमै निर्माण कार्य सम्पन्न गर्न सरकारी नियत पनि ठीक नदेखिएको र कमिशनको खेलले आयोजना अधूरै रहेको उनले गुनासो गरे ।

    नौ वर्षअघि अच्युत पाण्डेको कालिका कन्स्ट्रक्सनले निर्माणको ठेक्का लिएर काम सुरु गरेपनि एमाले नेताहरुले पुलको भागबन्डा र कमिशन मागेर हैरान गरेपछि कालिकाले गौरी पार्वती कन्स्ट्रक्सन प्रालिलाई निर्माण ठेक्का बेचेर हिडेको थियो । गौरी पार्वती कम्पनीलाई पनि कालिका जस्तै कमिशन मागेर दिक्क बनाएपछि निर्माण कार्य बर्षौदेखि ठप्प छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij