प्रकाशित मिति : मङ्लबार, फाल्गुन २४, २०७३
काठमाडौं । सप्तरी घट्नाबारे सहि धारणा तय गर्न मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । एमालेको मेची महाकाली राष्ट्रिय अभियानका क्रममा प्रहरी र मधेशी मोर्चाका कार्यकर्ताबीच भएको झडपका क्रममा ४ जनाको मृत्यु भएपछि मन्त्रिपरिाषद् बैठक बस्न लागेको हो ।
सिंहदरवारमा साँझ बस्ने बैठकमा घटनाबारे समीक्षा गर्दै मृतक परिवारलाई क्षतिपूर्ति र घाईतेको उपचारका लागि आवश्यक निर्णय गर्ने बताइएको छ ।
आगामी बैशाख ३१ गतेका लागि तय स्थानीय तह निर्वाचनको वातावरण बिगार्न नदिने उद्धेश्य सहित आवश्यक निर्णय गर्ने सरकारको तयारी छ ।
यसैबीच, कैलालीको टीकापुरमा आज हुने भनिएको कार्यक्रम स्थगित गर्दै उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधि काठमाडौं फर्किएका छन् । सप्तरी घटना र त्यसपछिको अवस्थाबारे छलफलका लागि उनी काठमाडौं फर्किएका हुन् ।
प्रहरीको गोली लागि तीन जनाको मृत्यु भएको र अन्य २० जना घाईते भएपछि आवश्यक रणनीति बनाउन गृहमन्त्री निधि कार्यक्रम स्थगित गरी राजधानी फर्कनु भएका गृहमन्त्री निधिले काठमाडौंमासप्तरी घटनाबारे जानकारी लिदै सुरक्षा प्रमुख, गृहमन्त्रालयका प्रतिनिधि लगायतसँग छलफल गर्नेछन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij