आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

स्थानीय निर्वाचनका लागि १३ दल दर्ता

  • प्रकाशित मिति : मङ्लबार, फाल्गुन २४, २०७३



  • भोजपुर।  स्थानीय निकायको निर्वाचनका लागि भोजपुर जिल्लामा १३ वटा राजनीतिक दलले दल दर्ता गराएको जिल्ला निर्वाचन कार्यालय भोजपुरले जनाएको छ ।

    निर्वाचन आयोगमा दर्ता रहेका १११ दलमध्ये भोजपुरमा १३ दलले मात्र पार्टी दर्ता गराएका हुन् । दल दर्ता गर्नेमा नेपाली काँग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (माले), नेपाल पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टी, खुम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नयाँ शक्ति पार्टी नेपाल, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक), सङ्घीय समाजवादी फोरम नेपाल, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल र नेपाल कम्युनिस्ट पार्टी (जनसमाजवादी) रहेका छन् ।

    स्थानीय तहमा सम्पर्क कार्यालय नभएकाले कतिपय पार्टीले दल दर्ता गर्न छुटाएको कार्यालयका सूचना अधिकारी दिव्यश्वरी शाक्यले बताए । गत माघ १७ गतेसम्म दल दर्ता गर्ने म्याद दिइएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij