आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

सप्तरी घटनाप्रति राष्ट्रसंघ र अमेरिकाले मुख खोले

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७३



  • काठमाडौं । काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय आवासीय प्रतिनिधिको कार्यालय तथा अमेरिकी दूतावासले सप्तरीको राजविराजमा सोमबार तीन जनाको मृत्यु तथा दर्जानौं घाइते भएको घटनापछि गहिरो चिन्ता व्यक्त गरेको छ ।

    ‘स्थानीय चुनावको मुखैमा तनाव बढेकोप्रति हामी चिन्तित छौं’, राष्ट्रसंघीय कार्यालयले विज्ञप्तिमा भनेको छ । ‘भिडन्तमा भएका मृत्यु र घाइतेप्रति हामी चिन्तित छौं ।’ अभिव्यक्ति स्वतन्त्रता तथा भेला हुन पाउने कुरामा हिंसाको कुनै स्थान नरहेको उसले जनाएको छ ।

    काठमाडौंस्थित अमेरिकी दूतावासले सप्तरी घटनाप्रति चिन्ता व्यक्त गर्दै ‘प्रत्येक व्यक्तिले आफ्नो राजनीतिक विचार शान्तिपूर्ण रुपमा व्यक्त गर्ने हक समावेशी लोकतन्त्रको मूल अंग हो । तर राजनीतिक बहसमा हिंसाले स्थान पाउनु हुँदैन’, दूतावासले वक्तव्यमा भनेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij