आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राष्ट्र रक्षाको प्रमुख आधार नेपाली सेनाः प्रधानसेनापति

  • प्रकाशित मिति : बुधबार, फाल्गुन २५, २०७३



  • चितवन । प्रधानसेनापति राजेन्द्र बहादुर क्षेत्रीले राष्ट्र रक्षाको प्रमुख आधार नेपाली सेना भएको बताएका छन् ।

    देशको विशम परिस्थितिमा सेनाको आवश्यकता पर्ने भन्दै उनले सेनाको एकतामा कसैले पनि आँखा लगाउन नसक्ने बताए । उनले नेपाली सेना एकताको प्रतिविम्व भएको बताए ।


    पतञ्जली योग समिति चितवनले नारायणगढको क्याम्पाचौरमा आयोजना गरेको निशुल्क विशाल योग शिविरमा वोल्दै प्रधानसेनापति क्षेत्रीले यस्तो बताएका हुन् ।

    सेना शारीरिक र मानसिक रुपमा तन्दुरुस्त हुनु आवश्यक रहेको वताउँदै क्षेत्रीले योग सेनामा पनि लानु गर्न आवश्यक रहेको बताए ।

    योगले र सेनाले अंगिकार गरेको भावना एउटै रहेको भन्दै उहाँले यसले रोगको निराकरण गर्दै स्वस्थ शरिर निर्माणमा सहयोग पुर्याउने बताए ।

    पतन्जलि योग समिति चितवनले फागुन २१ गते देखि सुरु गरेको वृहत योग शिविरको बुधबार पाँचौ दिन हो । सात दिने सो शिविरमा जिल्लामा रहेका दश हजार भन्न्दा वढिले सहभागिता जनाई सकेको शिविरका प्रचार प्रसार समितका संयोजक टंकनाथ पौडेलले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij