आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भोजपुरको दिल्पामा साक्खेवाटाङको शिलान्यास

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन २६, २०७३



  • भोजपुर । किराँत राईहरुको आस्थाको धरोहर साक्खेवाटाङको पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सो धार्मिकस्थलको गुरुयोजना अनुसार निर्माणको शिलान्यास गरेका छन् ।

    भोजपुरको दिल्पा नागी स्थित खोङटाङमा बुधबार एक भव्य कार्यक्रमका बीच सांसदहरु कुमारीलक्ष्मी राई, जयन्ती राई र सइन्द्र राईले समेत साकेवा (चण्डी नाच) हुने देवीस्थान र त्यहाँका भौतिक संरचनाको शिलान्यास गरेका हुन् ।

    करिब रु नौ करोड बराबरको लागतमा निर्माण हुन लागेको धियाङवाखा साक्खेवाटाङ (किराँत धार्मिकस्थल) लाई १३ रोपनी जग्गा भने स्थानीयबाट निःशुल्क प्राप्त भइसकेको संरक्षण तथा सम्वद्र्धन मूल समितिका अध्यक्ष धर्मराज राईले जानकारी दिए ।

    कार्यक्रममा पूर्वमन्त्री राईले गुरुयोजना अनुसार काम हुनसके संस्कृति संरक्षण र पर्यटन प्रर्वद्धनमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे। कार्यक्रममा साकेवा शिली समेत प्रस्तुत गरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij