आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

राजधानीबाट समाजवादी फोरमका सचिवसहित ५६ बन्दकर्ता पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७, २०७३



  • काठमाडौँ । सप्तरीको राजविराजमा प्रहरीको गोली लागेर मधेशी मोर्चाका कार्यकर्ताको मृत्यु भएको बिरोधमा मोर्चा आबद्ध संघीय गठबन्धनले आज नेपाल बन्दको आह्वान गरेका छन् ।

    यसैक्रममा, शुक्रबार बिहान बन्द गराउन हिँडेका ५६ जना बन्दकर्ताहरुलाई प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानहरुबाट पक्राउ गरेको छ ।

    पक्राउ पर्नेमा संघीय समाजवादी फोरमका केन्द्रीय सचिव अजम्बर राई काङवाङ पनि रहेका छन् । उनीसहित ११ जना बन्दकर्ता ललितपुरको पुलचोकबाट पक्राउ परेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता इश्वर कार्कीले रातोपाटीलाई बताए ।

    त्यस्तै, सातदोबाटोबाट २४ जना पक्राउ परेको कार्कीले जानकारी दिए । समातिनेमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका कार्यकर्ताहरु रहेका छन् ।

    त्यस्तै, महानगरिय प्रहरी परिसर काठमाडौँका एसपी प्रधुम्न कार्कीका अनुसार बल्खुबाट ४ जना बन्दकर्ता पक्राउ परेका छन् भने महाराजगञ्जबाट ८ पुरुष र २ महिनासहित १० जना पक्राउ परेका छन् ।

    त्यस्तै, भक्तपुरको ठिमीबाट पनि सात जनालाई पक्राउ गरिएको  भक्तपुर प्रहरी प्रमुख एसपी किरण राणाले रातोपाटीलाई बताइन् ।

    हालसम्म कुनै तोडफोडको घटना नभएको प्रहरीले बताएको छ ।

    बन्दकर्ताहरुलाई पक्रन प्रहरीले बिहान ३ बजेदेखि अपरेसन चलाएको थियो । अहिले पनि राजधानीका मुख्य चोकमा प्रहरीको उपस्थिति रहेको छ भने बन्दको प्रभाव सामान्य रहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij