आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बन्दकर्ताद्वारा मोटरसाइकलमा आगजनी

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २७, २०७३



  • विराटनगर । सप्तरी घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाद्वारा आज गरिएको नेपाल बन्दको प्रभाव पूर्वी नेपालमा बिहानदेखि परेको छ ।

    सो बन्दका कारण आज बिहानदेखि सार्वजनिक यातायातका साधन महेन्द्र राजमार्गका साथै सहायक मार्गमा गुडेका छैनन् । विराटनगरमा छिटफुटरुपमा मोटरसाइकल गुडिरहेका छन् । खासगरी विराटनगरमा दक्षिणी क्षेत्रमा मोर्चाका कार्यकर्ता ठूलो सङ्ख्यामा उत्रिएका छन् । बन्दको प्रभाव शिक्षण संस्थामा पनि परेको छ । बन्दकर्ताले बजारका साथै कलकारखाना बन्दको समेत आह्वान गरेका छन् ।

    यसैबीच, जिल्ला प्रहरी कार्यालय, मोरङले मोरङमा अहिलेसम्म कुनै अप्रिय घटना नभए पनि सुनसरीको दुहवीमा एउटा मोटरसाइकलमा आगजनी भएको जानकारी गराएको छ । बन्दकर्ताले आगजनी गरी भागेको र सो मोटरसाइकलको नम्बर खुल्न नसकेको बताइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij