आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

गोविन्दको शवयात्रामा उर्लियो मानवसागर

  • प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३



  • काठमाडौं । भारतीय सीमा सुरक्षा बल एसएसबीको गोलीबाट गत बिहीबार मृत्यु भएका पुनर्बासका गोविन्द गौतमको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिदैछ ।
    अन्त्येष्टिअघि उनको शब राखिएको धनगढीस्थित सेती अस्पतालबाट शब यात्रा निकालिएको छ । शबयात्रामा हजारौं सर्वसाधारणको सहभागिता रहेको छ ।

    शबयात्राका क्रममा सर्वसाधारणले भारत र स्थानीय प्रशासनविरुद्व चर्का नाराबाजी लगाएका छन् । उनको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने भनिएपनि सरकारका कुनै प्रतिनिधिको सहभागिता नरहेको भन्दै स्थानीय प्रशासनविरुद्व नाराबाजी गरेका हुन् ।

    उनलाई सहिद घोषणा गर्दै सरकारले ११ तोपको सलामी दिने निर्णय गरेको छ ।
    उनको शव सेती अञ्चल अस्पताल धनगढीमा राखिएको छ । शवयात्रापछि उनको कञ्चनपुरस्थित दोदा नदीमा अन्त्येष्टि गरिनेछ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij