प्रकाशित मिति : आइतवार, फाल्गुन २९, २०७३
बिनिता शर्मा , दाङ । दाङमा लागु पदार्थ दुर्व्यसनमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । घो.न.पा ५ अम्बिकेश्वरीबाट घो.न.पा ६ रझेना निवासी ३० बर्षिया वसन्त सेजवाल र घो.न.पा ४ वेलभारबाट लक्ष्मिपुर १ कुहिरेपानी निवासी ३४ बर्षिया भुप ब. बुढामगरलाई प्रहरीले पक्राउ गरेको हो ।
सेजवाललाई २२ पुरिया ब्राउन सुगर र बुढामगरलाई रा ३ प ३४९६ नम्बरको २२० पल्सर मो सा , २१ पुरिया ब्राउन सुगर र रु ११,६०० सहित प्रहरीले पक्राउ गरेको छ । थप कारबाहीका लागि सेजवाललाई र बुढामगरलाई जि.प्र.का दाङ पठाईएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij