प्रकाशित मिति : शुक्रबार, चैत्र ४, २०७३
कालिकोट । आगामी बैशाख ३१ गते हुने स्थानीय तहको चुनावका लागि दलहरुवीच उमेद्वारको खोजी हुन थालेको छ ।
कालिकोट जिल्लाको रास्कोट नगरपालिकाको मेयरको लागि कांग्रेसबाट युवा नेता आनन्दकुमार शाही र अर्का नेता दानबहादुर बमको चर्चा रहेको छ ।
नगर क्षेत्रको बिकासका लागि प्रतिवद्ध नेताका पक्षमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय निर्वाचनमा जनताहरु मतदान गर्न आतुर देखिएका छन् ।
स्थानीय युवा माझ लोकप्रीय बनेका शाही लामो समयदेखि समाजमा देखा परेका बिकृति र विसंगतिका बिरुद्धमा आवाज उठाउँदै आएका छन् । शाही त्यस क्षेत्रको सडक यातायात , स्वास्थ्य , शिक्षा , खानेपानी लगायतका जनताका आधारभूत आवश्यकताको विषयमा निरन्तर क्रियाशील रहँदै आएका छन् । त्यस्तै बम पनि समाजसेवी नै हुन् ।
अन्य दुई नगरपालिकामा पनि कांग्रेस लगायत एमाले र माओवादी केन्द्रका स्थानीय नेताहरुले आआफ्नो दावी गर्दै आएका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij