प्रकाशित मिति : शुक्रबार, चैत्र ४, २०७३
म्याग्दीको रघुगङ्गा गाउँपालिकाको कुइनेमङ्गले र चिमखोलामा बिहीबार परेको असिनाले खेतीबालीमा क्षति पु¥याएको छ ।
हुरीबताससँगै परेको असिनाले गहुँ, जौ, उवा र आलु खेतीमा क्षति पु¥याएको हो । कुइनेमङ्गलेको चौरखानी, मङ्गलेखानी, ध्यासीखर्क, खरिबोट तथा चिमखोलाको नकलडाँडा, पात्लेखर्कमा असिनाले क्षति गरेको खरिबोटका बिमल छन्त्यालले जानकारी दिए ।
उनका अनुसार करिब एकघन्टा परेको असिना जमिनमा हिउँजस्तै जमेको थियो । हिउँलेबालीको दाना झारेको र आलुको बिरुवा नष्ट गरेको हो । असिनाले भेडाबाख्रा र गाईवस्तुलाई समेत समस्या पारेको स्थानीय किसानले जानकारी दिएका छन् । आलु सखाप पारेपछि किसानले क्षतिपूर्तिको मागसमेत गरेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij