प्रकाशित मिति : शुक्रबार, चैत्र ४, २०७३
काठमाण्डौ । संयुक्त मधेसी मोर्चामा आवद्ध नेपाल सद्भावना पार्टीले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
अनिल झा नेतृत्वको सद्भावना पार्टीले आज सभामुखलाई पत्र बुझाउदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।
यो सँगै समर्थन फिर्ता लिने दलको संख्या ६ पुगेको छ ।
नेपाल सद्भावना पार्टीका तर्फबाट डिम्पल झा मात्रै सांसद छन् ।
यसअघि बिहीबार सद्भावना, तमलोपा, राष्ट्रिय मधेस समाजवादी पार्टी र मधेसी जनअधिकार फोरम गणतान्त्रिक तथा मधेसी जनअधिकार फोरम नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरिसकेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij