आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

असोजसम्ममा मेलम्चीको पानी नआउने

  • प्रकाशित मिति : आइतवार, चैत्र ६, २०७३



  • आगामी असोजमा पनि राजधानीबासीका धारामा मेलम्चीको पानी आउने सम्भावना लगभग टरेको छ। मेलम्ची खानेपानीको योजनाअनुसार सुरुङ खन्ने काम नभएकोले असोजमै पानी आउने सम्भावना टरेको हो। यो खबर हामीले आजको नागरिक दैनिकबाट लिएका हौ।

    आयोजनाका अनुसार पछिल्लो पटक सुरुङ खन्ने जिम्मा पाएको इटालिएन मम्पनी कोअपरेटिभ मुरातोरी एन्ड सिमेटिस्टी (सिएमसी) ले खन्ने उपकरण ब्रेक डाउन सुरुङको मुख टाढा भएको, नयाँ जगेडा पार्ट पुर्जा तथा स्पेयर्स पार्ट नभएको बाहना गर्दै काममा आलटाल गर्दा असोजमा राजधानीमा पानी ल्याउने  योजना पूरा नहुने देखिएको हो।

    यसअघि आयोजनाले असोजभित्र मेलम्चीको पानी राजधानी ल्याउने जनाएको थियो। आयोजनाका उपकार्यकारी निर्देशक रमाकान्त दबाडी ‘अहिलेकै गतिमा सुरुङ खन्ने काम भइरहे असोजभित्रै मेलम्चीको पानी आउने सम्भावना न्यून रहेको’ बताउँछन्। ‘सुरुङ खन्ने काम अहिलेको गतिले समयमा मेलम्चीको पानी ल्याउन सकिने सम्भावना कम देखिन्छ’ उनले भने, ‘तर पनि असोजभित्रै पानी ल्याउन सकिन्छ कि भनेर सम्झौताअनुसार काम गर्न ठेकेदार कम्पनीहरुलाई ताकेता गरिरहेका छौं।’

    असोज महिनाभित्रै मेलम्चीको पानी ल्याउने यसअघिको कार्ययोजना अनुसार उपत्यकाका सडकमा पाइप बिच्छ्याउने काई भने चलिरहेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij