आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतमा लुटिएर आएका शेर्पा कटारीको होटलमा मृत फेला

  • प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३



  • उदयपुर जिल्लाको कटारी नगरपालिकास्थित कटारी बजारको सोलु होटल एन्ड लजको एक कोठामा मङ्गलबार एक शेर्पा युवक मृत अवस्थामा फेला परेका छन् ।

    इलाका प्रहरी कार्यालय कटारीका अनुसार होटलमा मृत भेटिएका युवक सोलुखुम्बु जिल्लाको टाक्सिन्दु–६ बस्ने २३ वर्षीय दावा शेर्पा रहेका छन् ।

    शेर्पा सोमबार साँझ नै भारत हुँदै पूर्वको कांकडभिट्टाबाट मात्रीभाग्यरेखा यात्रुवाहक बसमा कटारी आएर कटारी बजारको सोलु होटल एन्ड लजमा बास बसेका थिए । तर मङ्गलबार बिहान अबेरसम्म पनि युवक नउठेको र सोही कोठाको अर्को बेडमा सुत्ने अर्का व्यक्तिले युवक नउठेको होटल सञ्चालकलाई बताएपछि घटनाका बारेमा होटल सञ्चालकलाई जानकारी भएको प्रहरीले बताएको छ ।

    घटनाका बारेमा जानकारी हुने बित्तिकै होटल सञ्चालकले सो कुरा इलाका प्रहरी कार्यालय कटारीमा खबर गरेको प्रहरीले बताएको छ । प्रहरीको अनुसन्धानपछि मृतक युवाको शवलाई सोमबार नै कटारी अस्पतालमा राखिएको र मृतकका आफन्तलाई सोलुखुम्बुमा सम्पर्क गरेर शव बुझ्न आउन भनिएकाले युवकका आफन्त आइपुगेपछि शवपरीक्षण गरेर आफन्तलाई जिम्मा लगाइने इप्रका कटारीका प्रहरी निरीक्षक चन्द्रकुमार राजवंशीले बताए ।

    प्रहरीका अनुसार मृतक युवा तीन महिनाअघि नै घर छाडेर भारतको मेघालयतिर गएको र फर्कनेक्रममा भारतमा नै लुटिएको कुरा कटारीमा आइपुगेपछि बेलुकी बास बस्नुअघि होटल सञ्चालकलाई भनेका थिए । युवाले कटारीस्थित होटलमा आइपुगेपछि बेलुकी खाना पनि नखाई सुतेको र आफू बिरामीसमेत भएको होटल सञ्चालकलाई उद्धृत गर्दै प्रहरीले बताएको छ ।

    प्रहरीले मृतक युवाको साथमा झोला पनि नभएको र गोजीमा रु आठसय रहेको अनुसन्धानमा देखिएको बताएको छ । अन्य कुरा अनुसन्धान भइरहेको र शवपरीक्षणपछि मात्र थाहा हुने समेत प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij