प्रकाशित मिति : बुधबार, चैत्र ९, २०७३
बर्षात ओली , दाङ । दाङमा दुर्घटनामा परी गएराती ४ जना गम्भिर घाईते भएका छन । गोबर्डिया १ धानखोलामा ना. २ ख ५५९८ नम्बरको ट्रक रोकी राखेको अवस्थामा , पूर्वबाट पश्चिम तर्फ जादै गरेको ना. ४ ख ५८७५ न. को बस रोकी राखेको ट्रकसँग ठोकिन जाँदा ४ जना सवार गम्भिर घाईते भएका हुन ।
घाईते हुनेमा अत्तरिया १३ कैलाली बस्ने ४८ बर्षिय कमल ओली , जोग बुढा ८ डडेलधुरा बस्ने १८ बर्षिय सुनिल बम , सोही ठाउँ बस्ने ३० बर्षिया रमा बम , अत्तरिया -६ कैलालीका ३५ बर्षिय जित बहादुर देउवा रहेको जिल्ला प्रहरी कार्यलय दाङका डि . एस्. पि भुबनेश्वर तिवारीले जानकारी दिनुभयो । घाईतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा उपचार भैरहेको तिवारीले जनाउनु भयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij