सोमवार, भदौ १, २०८३ | Monday 17th August 2026

मोरङमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

  • प्रकाशित मिति : बिहिबार, चैत्र १०, २०७३



  • विराटनगर । मोरङको कानेपोखरीमा बुधबार राति भएको अलग अलग सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् ।

    घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । कांकडभिट्टाबाट बुटवलतर्फ आउंदै गरेको बसले मोटरसाइललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको हो ।

    मोटरसाइकललाई ठक्कर दिएपछि बस अनियन्त्रित भई रुखमा ठोक्किएको थियो । मृत्यु हुनेमा मोरटसाइकलमा सवार लेटाङका देवेन्द्र लिम्वु र तिलक लिम्वु छन् ।

    त्यस्तै वसमा सवार रुपन्देही संखरनगरका पुरुषोतम सुवेदी र टिका सुवेदी रहेको प्रहरीले जनाएको छ ।

    घाइतेको झापाको दमक र विराटनगरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

    मोरङ पथरी कानेपोखरी सडकखण्डमै गएराति भएको अर्को दुर्घटना पनि एक जनाको मृत्यु भएको छ ।

    बा ४० प १२९ नम्बरको मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भएको हो । घाइते एक जनाको भने मोरङ पथरीमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij