आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

१२ जिल्लाको मतपत्र छपाइ सकियो

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७३



  • काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको १२ जिल्लाका लागि मतपत्र छाप्ने काम सकिएको जनाएको छ । चैत ६ बाट जनक शिक्षा सामग्री केन्द्रले मतपत्र छाप्ने काम गरिरहेको आयोगले जनाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

    ‘बिहीबारसम्म १२ जिल्लाको मतपत्र छाप्ने काम सम्पन्न भएको छ’, आयोग प्रवक्ता सूर्यप्रसाद शर्माले अन्नपूर्णसँग भने, ‘अन्य जिल्लाका लागि पनि मतपत्र छाप्ने काम रातदिन भइरहेको छ । अहिलेको स्थिति हेर्दा हामीले तोकेको समयभित्रै मतपत्र छाप्ने काम सम्पन्न गर्न सकिने अवस्था छ ।’

    आयोगले केही जिल्लामा दर्ता हुन छुटेका दललाई पुनः दर्ता गरेर चुनावचिह्न दिने निर्णय गरेको छ ।
    डोल्पामा कांग्रेस, ९ जिल्लामा राप्रपा र केही जिल्लामा राष्ट्रिय जनमोर्चा, संघीय समाजवादी पार्टीको दर्ता छुटेकाले उनीहरूले स्वतन्त्र हैसियतमा मात्र चुनाव लड्ने अवस्था थियो । तर दलहरूले आयोगमा निवेदन दिएपछि उनीहरूको पुनः दर्ता गरेर दलगत नै चुनावचिह्न दिइएको जानकारी आयोग प्रवक्ता शर्माले दिए ।

    यता आयोगले मतदानअघि र मतदानपछिको सुरक्षा व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ । निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखबीच बिहीबार भएको छलफलमा प्रमुख आयुक्त अयोधिप्रसाद यादवले निर्वाचनमा सुरक्षा कमजोरी हुन नदिनेतर्फ सतर्क रहन निर्देशन दिएका थिए ।

    प्रमुख आयुक्त यादवले मतदान कार्यपछिको मतपेटिका ढुवानी, मतगणना कार्यको सुरक्षा तथा समग्र निर्वाचनको व्यवस्थापनमा समेत सचेत र चनाखो रही सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको जानकारी प्रवक्ता शर्माले दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij