आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भारतसँग थप विद्युत माग

  • प्रकाशित मिति : शुक्रबार, चैत्र ११, २०७३



  • काठमाडौँ ।  भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले नेपाललाई थप विद्युत् उपलब्ध गराउन भारत सरकारसमक्ष आग्रह गरेका छन् । राजदूत उपाध्यायले आज भारतीय विदेश मामिला राज्यमन्त्री एमजे अकबरसँग शिष्टाचार भेटवार्ता गरी थप विद्युत् उपलब्ध गराउन आग्रह गरेका हुन् ।
    नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइनका रुपमा रहेको कुशाहा– कटैया र रक्सौल–परवानीपुर प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ । ती प्रसारण लाइनमार्फत थप ५०–५० मेगावाट विद्युत् आयातको तयारीमा नेपाल सरकार रहेको छ । भारत सरकारले आधिकारिक निर्णय नगर्दा विद्युत् आयात हुन सकेको छैन । राजदूत उपाध्यायले थप विद्युत् उपलब्ध गराउने विषयमा कुराकानी गरिएको हो ।

    राजदूत उपाध्यायले राज्यमन्त्री अकबरसँग भारत सरकारको सहयोगमा अगाडि बढिरहेको आयोजनाको शीघ्र कार्यान्वयनका विषयमा समेत कुराकानी भएको थियो । विशेष गरी सडक पूर्वाधार निर्माणको कामलाई अगाडि बढाउने विषयमा छलफल केन्द्रित रहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

     

    यस्तै राजदूत उपाध्यायले नेपाली सामान निर्यात गर्दा लाग्दै आएको अतिरिक्त शुल्क, ड्यामरेज चार्ज९ठाउँ ओगटेबापतको शुल्क० तथा जुट र जुटजन्य सामग्रीमा लाग्दै आएको शुल्क हटाउन समेत राज्यमन्त्री अकबरसँग आग्रह गर्नुभएको थियो । नेपाली राजदूतको आग्रहमा राज्यमन्त्री अकबरले समस्या समाधानमा भारत सरकार सकारात्मक रहेको प्रतिक्रिया दिनुभएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij