आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

शाक्यद्वारा ५८ औं पटक रक्तदान

  • प्रकाशित मिति : शनिबार, चैत्र १९, २०७३



  • पोखरा । रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जद्वारा आयोजित १७ औं वार्षिक रक्तदान कार्यक्रममा पोखरा न्युरोड निवासी जीतेन्द्रमान शाक्यले आज ५८ औँ पटक रक्तदान गरेका छन् ।

    पहिलो पटक २०५५ सालमा रक्तदान गर्नुभएका ४८ वर्षीय शाक्यले त्यसयता आजसम्म ५७ औंँ पटकसम्म रक्तदान गरिसक्नुभएको थियो । पहिलो पटक रक्तदान गरेपछि लगभग केही वर्ष चार÷पाँच महिनाको अन्तरालमा आफूले रक्तदान गरेको जानकारी दिँदै शाक्यले पछिल्ला पाँच वर्षयता प्रत्येक तीन÷तीन महिनाको अन्तरालमा रक्तदान गर्दै आएको बताए ।

    रक्तदानले व्यक्ति स्वयम्लाई फूर्तिलो र स्वस्थ बनाउने बताउँदै उहाँले कुनै पनि डरत्रासबिना रक्तदान गर्न सबैलाई आग्रह गर्नुभयो । रेडियो अन्नपूर्णले २०५८ सालदेखि वार्षिक रक्तदान कार्यक्रम गर्दैआएको जानकारी दिँदै रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र श्रेष्ठले पोखरामा रगतको अभाव भएका अवस्थामा आकस्मिक रक्तदान पनि सञ्चालन गरेको बताए ।

    कार्यक्रममा २६८ जनाले रक्तदान गरेको रेडियो अन्नपूर्णले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij