आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु

  • प्रकाशित मिति : शनिबार, चैत्र २६, २०७३



  • रत्ननगर (चितवन)  । नेपालमा बाह्य पर्यटक भित्र्याउन ‘अतिथि देवो भवः’ अभियान सुरु भएको छ ।

    नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) तथा पर्यटनसँग सम्बन्धित विभिन्न सङ्घ संस्थाको सहकार्यमा यो अभियान सुरु गरिएको हो ।

    नेपालको आफ्नो मौलिक आतिथ्यता र संस्कारलाई व्यवहारमा उतारी यसलाई बाह्य देशमा फैलाएर पर्यटक भित्र्याउने लक्ष्यसहित अतिथि देवो भवः अभियान थालिएको नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत सुमन घिमिरेले जानकारी दिए ।

    अहिले विभिन्न प्रचारात्मक अभियान थालिएको र उक्त अभियानअन्तर्गत पहिलो चरणमा चैत २७ गते नेपालका चार वटा मुख्य पर्यटकीय गन्तव्य क्षेत्रमा ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गर्न लागिएको घिमिरेले जानकारी दिए ।

    नेपालकै तेस्रो पर्यटकीय नगरी सौराहासहित काठमाडौँ, पोखरा र लुम्बिनीमा एकैसाथ ‘नमस्ते अभियान’ कार्यक्रम सञ्चालन गर्न लागिएको छ । यसका लागि तयारीस्वरुप घिमिरेसहित पर्यटन बोर्डको एक टोली, तथा क्षेत्रीय होटल सङ्घ नेपाल र क्षेत्रीय रेवान, सौराहाले चितवनमा काम गरिरहेको छ ।

    क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले यो अभियानले नेपालमा पर्यटक भित्र्याउन सहयोग पुग्ने बताउँदै सौराहाले अझै शुद्ध विश्व प्रसिद्ध सफारी पर्यटनका साथै नेपाली संस्कार र संस्कृति पस्कने प्रतिबद्धता जनाए । यो सबैको साझा अभियान भएकाले यसमा सबैको सहभागिता आवश्यक हुन्छ खनालले भने

    नेपालको नेचर, कल्चर र एड्भेञ्चरको परिचय दिँदै अतिथिदेवो भवः भन्ने नेपाली संस्कारलाई व्यवहारमा उतार्नका लागि यो अभियान सुरु गरिएको नमस्ते अभियान कार्यक्रमका संयोजक लक्ष्मण गौतमले जानकारीदिए ।

    ‘सत्कारमा पनि नेपाल अगाडि छ भनेर देखाउन तथा आफ्नो संस्कृतिको रुपमा रहेको अतिथि देवो भवःलाई बाह्य देशमा चरितार्थ गर्नका लागि यो अभियान महत्वपूर्ण छ,’– गौतमले भने  ।

    नमस्ते कार्यक्रमपछि वर्षभरी गरिने अभियानका बारेमा तालिका नै सार्वजनिक गरिने समेत उनको भनाइ छ । ‘मुख्यतः नेपाल राजनीतिक र प्राकृतिक सङ्कटमुक्त छ भनेर विदेशमा प्रचार गर्ने अभियान पनि हो यो ।’

    विदेशमा सबै काम एनआरएनएका प्रतिनिधिको अगुवाइमा हुने छ । विश्वका ७५ देशमा एनआएनएका राष्ट्रिय समन्वय परिषद् छ । सो परिषदमार्फत विभिन्न देशमा एकजना एनआरएनएले तीनजना पर्यटकलाई नेपाल पठाउने लक्ष्यसहित अभियान सुरु गरिएको उक्त अभियानका सचिवालय सदस्य भरत चन्दले बताए ।

    ‘विदेशबाट पर्यटक पठाएर मात्रै भएन, उनीहरुलाई राम्रो आतिथ्यता हुनुप¥यो, स्वागत सत्कार राम्रो भयो भने न पर्यटक दोहो¥याएर यहाँ आउँछन्,’ चन्दले भने   ‘यहाँबाट फर्केर आफ्नो देश जाँदा उनीहरुले साथीभाइलाई पनि भन्छन्, त्यसैका लागि अतिथिदेवो भवः र नमस्ते कार्यक्रम ल्याइएको हो ।’

    एनआरएनएका उपाध्यक्ष तथा पर्यटन प्रवद्र्धन नेपाल समिति, गैर आवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्टको संयोजकत्वमा अभियान सञ्चालन गरिएको छ ।

    पछिल्लो समयमा नेपालमा भूकम्प अघि जस्तै पर्यटकको आगमन छ । साविक जस्तै अहिले नेपालमा वार्षिक करिब आठ लाख पर्यटक आउन थालेको नमस्ते कार्यक्रमका संयोजक लक्ष्मण गौतम बताउँछन् ।

    उनले अनुसार यो अभियानले नेपालमा दोब्बर पर्यटक आगमन बढाई वार्षिक १५ लाखभन्दा बढी पु¥याउने लक्ष्य लिइएको छ । चितवनका पर्यटन व्यवसायी शीरलाल परियार उक्त अभियानले नेपालमा पर्यटक भित्र्याउन कोसेढुङ्गा सावित हुन्छ भने  ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij